असार २६, २०८२ बिहिबार July 10, 2025

श्रीलङ्काका पूर्व राष्ट्रपति राजापाक्षद्वारा अमेरिकी ‘ग्रिनकार्ड’का लागि दिए आवदेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिनु भएको छ । देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भाग्नु भएका गोटावायले अमेरिका बस्नेगरी आवेदन फाराम भर्नु भएको जनाइएको छ । उहाँले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिनु भएको समाचारमा उल्लेख गरिएको छ ।

श्रीलङ्काको तर्फबाट रुसका लागि पूर्व राजदूत उदयाङगा विरातुङ्गाले उहाँ अमेरिका जाने तयारीमा रहनु भएको जानकारी दिनुभयो । पूर्व राष्ट्रपति गोटावायसँग निकट मानिनुहुने विरातुङ्गाले थाइल्याण्ड फर्किने उहाँको योजना रद्ध भइसकेको पनि बताउनु भयो । पहिला उहाँले नोभेम्बरसम्म थाइल्याण्डमै बस्ने योजना बनाउनु भएको थियो ।

तर कानुन व्यवसायीहरुसँगको परामर्शपछि उहाँ यही महिनाको अन्त्यमा श्रीलङ्का फर्किने निर्णयमा पुग्नु भएको डेलि मिरर पत्रिकाले लेखेको छ । उच्च श्रोतहरुलाई उल्लेख गर्दै लेखिएको समाचारमा गत महिनादेखि नै उहाँले अमेरिका जाने प्रक्रिया सुरु गर्नु भएको उल्लेख गरिएको छ । उहाँकी श्रीमती आइओमा राजापाक्षले अमेरिकाको नागरिकता लिने तयारी गर्नु भएको छ ।

उहाँहरुको यस प्रक्रियामा कोलम्बो र अमेरिकामा रहेका कानुन व्यवसायी संलग्न भएर काम गरिरहेका छन भने कोलम्बोबाट पनि विभिन्न कागजपत्रहरु प्रयोग गरिएका छन् ।

मुलुकमा आर्थिक सङ्कट उत्पन्न हुनुको पछाडि मुख्य जिम्मेवार राष्ट्रपति गोटावाय नै रहेको भन्दै आम नागरिक आन्दोलनमा उत्रिएर उहाँको निवास घेर्न थालेपछि उहाँले देश छोडेर भाग्नु परेको हो । उहाँ सुरुमा म्यानमार जानुभयो । त्यसपछि थाइल्याण्ड हुदै सिङ्गापुर पुग्नु भयो । उहाँले देश छोडेपछि श्रीलङ्कामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु पनि परिवर्तन भएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार