काठमाण्डौः संयुक्त राष्ट्रसंघले शुक्रबार १३ तालिबान अधिकारीहरूलाई यात्रा प्रतिबन्ध छुट अन्त्य गर्ने तयारी गरेको छ । सन् २०११ को संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावअन्तर्गत १३५ तालिबान अधिकारीलाई प्रतिबन्ध लगाइएको थियो, जसमा सम्पत्ति रोक्का र यात्रा प्रतिबन्धहरू समावेश छन् ।
तर तीमध्ये १३ जनालाई विदेशमा अन्य देशका अधिकारीहरूसँग भेट्नको लागि यात्रा प्रतिबन्धबाट छुट दिइएको थियो । जुनमा १५ सदस्यीय संयुक्त राष्ट्र सुरक्षा परिषद्को अफगानिस्तान प्रतिबन्ध समितिले दुई तालिबान शिक्षा मन्त्रीहरूलाई शासनले महिला अधिकारमा कटौती गरेकोमा छुट सूचीबाट हटाएको थियो ।
१५ अगस्टमा अफगानिस्तानको सत्तापलट गरेको तालिबानमाथि महिलाका अधिकार कटौती गरेको आरोप लाग्दै आएको छ । सत्ता कब्जा गरेपछि तालिबानले बालिकाहरुलाई लामोसमयसम्म विद्यालय जान प्रतिबन्ध लगाएको थियो ।एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया