असार २५, २०८२ बुधबार July 9, 2025

बुल्गेरियाका काम चलाउ प्रधानमन्त्री एकान्तवासमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बुल्गेरियाका काम चलाउ प्रधानमन्त्री गलाब डोनेभ एकान्तवासमा बस्नु भएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिको सम्पर्कमा पुगेको जानकारी पाएपछि उहाँले आफू एकान्तवासमा बस्न लागेको बताउनु भएको छ । उहाँको सचिवालयले वक्तव्य प्रकाशित गर्दै एकान्तवासमा रहेपनि स्वास्थ्यमा भने कुनै समस्या नदेखिएको उल्लेख गरेको छ ।

वक्तव्यमा लेखिएको छ, “प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै समस्या छैन, कोरोना भाइरस नियन्त्रण सम्बन्धी मापदण्ड अनुसार उहाँ अहिले एकान्तवासमा बस्नु भएको हो ।”

उहाँले एकान्तवासमा बसेको भएपनि त्यहीबाट गर्न सकिने र गर्न मिल्ने कामहरु भने गरिरहनु भएको पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

बुल्गेरियामा अहिलेसम्म १२ लाख ३३ हजार चार सय ७० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये चार सय २० जना पछिल्लो एक दिनमा सङ्क्रमित भएको सरकारी अधिकारीहरुले जनाएका छन् । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार