असार २६, २०८२ बिहिबार July 10, 2025

‘नैतिकताको आधारमा राजीनामा दिएँ’ : सञ्चारमन्त्री बास्कोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । घुस अडियो सार्वजनिक भएपछि विवादमा तानिएका सञ्चारमन्त्री गोकुल बास्कोटाले ट्विटरबाट आफूले राजीनामा दिएको औपचारिक जानकारी दिएका छन्।

यसअघि उनले राजीनामा दिइसकेका कारण संसद बैठक अबरुद्ध गरिरहनुनपर्ने जानकारी सभामुख अग्नि सापकोटाले संसदमा दिएका थिए।

उनले ट्विटमा लेखेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया