असार २६, २०८२ बिहिबार July 10, 2025

सत्तामा पुगेपछि कम्युनिष्टहरुले आफैलाई सिध्याउँछन्,नेपालमा पनि त्यस्तै संकेत देखियोः प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा पुगेपछि कम्युनिष्टहरुले आफैलाई सिध्याउने विश्वको इतिहास नेपालमा पनि दोहोरिने खतराका संकेतहरु पैदा भएको बताएका छन् ।

भक्तपुरमा नारायणविलास जोशी स्मृति प्रतिष्ठानले आयोजना गरेको भवन शिलान्यास कार्यक्रममा प्रचण्डले आफूले खतरा पैदा भइसक्यो भन्न हतारो हुने भएपनि संकेतहरु त्यस्तै देखिएको बताएका छन ।

सत्तामा नहुँदा जनताको मन जित्ने कम्युनिष्टहरु शासनमा रहेका बेला भने आदर्शबाट विचलित हुने गरेका विश्वको इतिहास रहेको प्रचण्डको भनाई थियो ।

‘यसो हेर्‍यो भने हाम्रो पनि नियति त्यतै जाने खतराका संकेतहरु‘ अहिले भैसक्यो भन्या होइन है फेरि, मेरो भनाईलाई फेरि बढि नबुझियोस्, तर संकेत त त्यति राम्रा देखिएनन् नि आजभोलि घटना यसो हेर्‍यो भने । मान्छेहरु त बिग्रिने बिग्रिने तिर जस्तो जो देखिँदैछ, त्यस्तो बेलामा आज नारायणविलासी जोशी जस्ता नेतालाई औपचारिक रुपमा सम्झने मात्रै होइन, व्यवहारमा पनि आदर्श देखाउन आवश्यक छ’, प्रचण्डले भने ।

उनले कम्युनिष्टहरु सत्तामा नहुँदा, क्रान्तिमा हुँदा त्याग गर्न सक्ने तपस्या गर्न सक्ने, जनता जहाँ बस्छन् त्यहाँ बस्ने सक्ने, जनताले जे खान्छन् त्यही खान सक्ने, तर सत्ता प्राप्त गरेपछि त्यो आदर्शबाट विचिलत हुने गरेका बताएका छन ।

‘हिजो मृत्यलाई सामना गरेर, जेलनेल, यातना र भयलाई समेत वास्ता नगरेर जनताको मन जित्ने, तर शासन हातमा आएपछि अर्कै अर्कै, यो सबैभन्दा बढि २० औँ सताब्दीमा देखिएको थियो । कम्युनिष्ट पार्टीका नेताहरु आदर्शबाट च्यूत भएपछि, शासनबाट बाहिरिन त्यहाँ पुँजिपति चाहिन्न । बन्दुक पनि चाहिन्न । आफैले आफैलाई सिध्याउने रहेछन् ’, प्रचण्डले भने ।

सम्बोधनका क्रममा उनले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा प्रधानमन्त्रीसँग अहिले नै छलफल गर्नुपर्ने भएकोले आफूले सुरुमै मन्तव्य व्यक्त गरेको जानकारी गराएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार