असार २६, २०८२ बिहिबार July 10, 2025

रुसी आक्रमण परी युक्रेनमा २२ सर्वसाधारणको मृत्यु, ५० भन्दा बढी घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः युक्रेनको एक रेल स्टेसनमा भएको रुसी आक्रमण परी कम्तिमा २२ सर्वसाधारणको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएका छन् ।

राष्ट्र सङ्घीय सुरक्षा परिषदको बैठकलाई भिडियो मार्फत बुधवार सम्बोधन गर्नुहुँदै, युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युक्रेनको पूर्वी सहर च्यापलिन स्थित एक रेल स्टेसनमा भएको रुसी आक्रमणका कारण रेलको डब्बामा आगजनी भएको र बालबालिका सहित २२ सर्वसाधारणको मृत्यु भएको बताउनु भयो ।

युक्रेनको स्वतन्त्रता दिवस र रुसले युक्रेन माथि आक्रमण गरेको ६ महिना पुरा भएको दिन लक्षित गरी भएको रुसी आक्रमणमा मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने राष्ट्रपति जेलेन्स्कीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

रुसले हाल सम्म आक्रमणको जिम्मा लिएको छैन । अमेरिका लगायतका पश्चिमा राष्ट्रहरूले आक्रमणको निन्दा गरेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया