असार २५, २०८२ बुधबार July 9, 2025

पूर्वप्रधानमन्त्रीको सुरक्षामा कमजोरी भएको स्वीकार गर्दै जापानका प्रहरी प्रमुखले राजीनामा दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गत महिना भएको हत्याको जिम्मेवारी लिन जापानको प्रहरी निकायका प्रमुखले बिहीबार राजीनामा दिने बताउनुभएको छ ।

जापानको प्रहरी (एनपीए) का आयुक्त जनरल इटारु नाकामुराले चुनावी अभियानका क्रममा सडकमा भाषण दिने क्रममा आबेको गोली लागेर मृत्यु भएको समयमा सुरक्षाको समीक्षा सार्वजनिक गरेपछि यस्तो घोषणा गर्नुभएको हो ।

नाकामुराले पत्रकार सम्मेलनमा भन्नुभयो, “एनपीएले यस्तो घटना दोहोरिन नदिन नयाँ प्रणालीअन्तर्गत नयाँ सुरक्षा आवश्यकतामा आधारित उपायहरू निरन्तर कार्यान्वयन गर्न आवश्यक छ भन्ने विश्वास गरेको छ ।  आज मैले राष्ट्रिय जनसुरक्षा आयोगलाई आफ्नो राजीनामा दिने मनसाय बारे अवगत गराएको छु ।”

उहाँले भन्नुभयो, “मेरो राजीनामा शुक्रबारको मन्त्रीपरिषद् बैठकमा स्वीकृत हुने सम्भावना छ ।”

आबेको हत्यापछि गरिएको समीक्षाको नतिजाले पूर्व नेतालाई सुरक्षा दिन प्रहरी असफल भएको देखाएको छ ।

यसले सुरक्षा योजनामा गम्भीर त्रुटिहरू, घटनास्थलमा अपर्याप्त तैनादी र सञ्चार, र बन्दुकधारीलाई आबेको नजिक पुगेको जानकारी प्राप्त गर्न असफल भएको विस्तृत विवरण दिएको छ ।

आबेले जुलाई ८ मा जापानको माथिल्लो सदनको चुनावअघि पश्चिमी शहर नारामा सम्बोधन गर्नुभएको र सम्बोधनकै क्रममा उहाँमाथि एक बन्दुकधारीले गोली हानी घाइते बताएका थिए । उहाँको उपचारका क्रममा पछि मृत्यु भएको थियो । गोली चलेको समयमा टोकियो मेट्रोपोलिटन पुलिस फोर्सका एक प्रहरी र केही स्थानीय प्रहरी अधिकारीहरू आबेको नजिक थिए ।

यहाँ धेरै सुरक्षा विशेषज्ञहरूले यदि उनको सुरक्षा विवरणले आक्रमणकारीलाई दबाउन एकसाथ काम गरेको भए आक्रमण रोक्न सकिन्थ्यो वा कम्तिमा आबेलाई गम्भीर घाइते हुनबाट रोक्न सकिन्थ्यो भन्ने धारणा राखेका छन् ।

एनपीएका अनुसार, गोली काण्डको समयमा सुरक्षा उपायमा सबैभन्दा ठूलो त्रुटिमध्ये एक नाराको एक पुलिस अधिकारी आबेको भाषणको क्रममा आफ्नो स्थिति परिवर्तन गर्नु थियो ।   उनी आबेको पिठ्यूँ ढाक्ने क्रममा गार्डरेलको सानो क्षेत्र बाहिरबाट रेलभित्र गए, जहाँ प्रहरीले भीडतिर आफ्नो पिठ्यूँ फर्काए ।

स्थानीय प्रहरी अधिकारीले आफ्नो टोलीका नेता वा अन्य अधिकारीलाई आफ्नो गतिविधिबारे जानकारी नदिएको एनपीएले जनाएको छ ।   बिहीबार नारा प्रहरी प्रमुख तोमोआकी ओनिजुकाले पनि राजीनामा दिने घोषणा गर्नभएको थियो । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार