काठमाण्डौंः राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरमा जिल्ला स्तरीय छनोट प्रतियोगिता सुरु भएको छ ।
भदौ १० गते शुक्रबार साँझ सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले उद्घाटन गर्नुभएको छनोट प्रतियोगिता यही भदौ १५ गतेसम्म जारी रहने छ ।
महेन्द्रनगरस्थित कबड हलको खेलमैदानमा सञ्चालित जिल्ला स्तरीय छनोट प्रतियोगितामा विभिन्न विधाका खेलहरूमा प्रतिस्पर्धा भइरहेको जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुवेर खड्काले बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया