असार २६, २०८२ बिहिबार July 10, 2025

तीन सय चौबिस अफगान शरणार्थी क्यानडा पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तीन सय २४ जना अफगान शरणार्थी बोकेको एउटा विमान क्यानडाको मनिटोवा प्रान्तको राजधानी विनिपेगमा अवतरण गरेको छ ।

तालिवान सरकार सत्तामा आएपछि करिब ४० हजार अफगान नागरिकलाई क्यानडा सरकारले पुनर्वासको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेअनुरूप उनीहरू विनिपेग पुगेका हुन् । विमानमा क्यानडाली सेना र सहयोगी संस्थासँग काम गरेका दोभाषेलगायत रहेका खामा प्रेसले जनाएको छ ।

खामा प्रेसकाअनुसार हालसम्म १७ हजार छ सय ५५ जना अफगान नागरिकलाई क्यानडामा बसोबासको प्रबन्ध भइसकेको छ । मानवीय सहायता कार्यक्रमअन्तर्गत उनीहरूलाई स्थायी बसोबासको व्यवस्था गरिएको हो ।  अफगानीहरूलाई क्यानडा स्थानान्तरणको प्रयास जारी रहेको छ ।

गत वर्ष तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यहाँ अकल्पनीय मानवीय सङ्कट उत्पन्न भयो जसका कारण अन्तर्राष्ट्रिय समुदाय एवम् विकसित देशले सहयोगी हात फैलाए । लाखौँ महिला र बालिका आधारभूत अधिकारबाट वञ्चित हुुनुपरेको छ भने पोशाकलगायत धेरै अमानवीय प्रतिबन्ध झेल्न विवश पारिएका छन् ।

सार्वजनिकस्थलमा अनुहार छोप्नैपर्ने, एक्लै यात्रा गर्ननपाइनेजस्ता धेरै अव्यावहारिक एवम् अमानवीय उर्दी तालिबानले महिलाहरूमाथि जारी गरेको छ । महिलाले स्मार्टफोनसमेत प्रयोग गर्ननपाउने निरङ्कुश आदेश उसले जारी गरेको छ ।

तालिबानका कारण सञ्चारमाध्यममा कार्यरत ८० प्रतिशत महिलाले रोजगारी गुमाएका तथा देशका करिब एक करोड ८० लाख महिला स्वास्थ्य, शिक्षा र सामाजिक अधिकारका निम्ति सङ्घर्ष  गरिरहेका छन् । सत्ताकब्जा गरेपछि तालिबानले पत्रकार सम्मेलन गरेर समावेशी समाज र समानता प्रवद्र्धनको प्रतिबद्धता जनाए तापनि त्यो पालना भएको छैन । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार