मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

एसिया कप क्रिकेट: पाकिस्तानमाथि भारतको रोमाञ्चक जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एसिया कप २०२२ को बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानमाथि पाँच विकेटको रोमाञ्चक जित निकालेको छ ।

दुबईमा सम्पन्न खेलमा पाकिस्तानले दिएको एक सय ४८ रनको लक्ष्य भारतले १९.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍याे । भारतलाई अन्तिम ओभरमा जितका लागि सात रनको आवश्यकता थियो । जसमा हार्दिक पान्ड्याले चौथो बलमा छक्का प्रहार गर्दै भारतको जित सुनिश्चित गरे ।

भारतका लागि रविन्द्र जडेजाले र विराट कोहलीले समान ३५ रन बनाए । हार्दिक पान्ड्याले ३३ रन बनाउँदा सुर्यकुमार यादवले १८ र कप्तान रोहित शर्माले १२ रन बनाए ।

पाकिस्तानले दोस्रो इनिङको तेस्रो बलमै सफलता पाएको थियो । भारतका ओपनर लोकेश राहुल गोल्डेन डक भएका थिए ।

भारतले तेस्रो बलमा राहुललाई, ५० रनमा रोहितलाई, ५३ रनमा कोहलीलाई, ८९ मा सुर्यकुमारलाई र एक सय ४१ मा रविन्द्र जडेजलाई गुमाएको थियो । पाकिस्तानका मोहम्मद नवाजले तीन विकेट लिए । यस्तै नसिम साहले दुई विकेट हात पारे ।

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको पाकिस्तानले १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय ४७ रनको योगफल तयार गरेको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ४३ रन बनाएका थिए । रिजवानले ४२ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए । इफ्तिखर अहमेदल २८ रन बनाएका थिए । यसबाहेक, सहबाज दहनीले १६ रन जोड्दा कप्तान बाबर आजम र फकर जमामले समान १० रन जोडेका थिए । हरिस रौफले १३ रन बनाएका थिए ।

भारतका भुवनेश्वर कुमारले सर्वाधिक चार विकेट लिएका थिए । भुवनेश्वरले चार ओभरमा २६ रन खर्चिए । हार्दिक पन्ड्याले तीन विकेट लिएका थिए । यस्तै, अर्शदीप सिंहले दुई र अभेस खानले एक विकेट हात पारे ।

पाकिस्तानले स्कोरबोर्डमा १५ रन छँदा कप्तान आजमलाई गुमाएको थियो । ४२ रनमा फकर जमानलाई गुमाएको पाकिस्तानले ८७ रनमा इफ्तिखिर अहमेदलाई गुमाएको थियो । इफ्तिखर अहमेद र रिजवानले तेस्रो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए ।

यसपछि ९६ रनमा चौथो विकेटको रुपमा रिजवानलाई गुमाएको पाकिस्तानले ९७ रनमै खुसदील साहलाई पाँचौ विकेटको रुपमा गुमाएको थियो ।

स्कोरबोर्डमा एक सय १२ रन हुँदा आसिफ अलि आउट भए । एक सय १४ रनमा मोहम्मद नवाज आउट हुँदा एक सय २८ मा सादब खान र नसिम अलि एकै ओभरमा पभेलियन फर्किएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार