असार २६, २०८२ बिहिबार July 10, 2025

इयुद्वारा इराकमा भइरहेको हिंसात्मक प्रदर्शनप्रति चिन्ता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शिया धर्मगुरुले राजनीति छोड्ने घोषणा गरेपछि इराकमा जारी प्रदर्शनमा मुक्तादा अल-सद्रका समर्थक र सुरक्षाकर्मीबीच भएको झडपप्रति चिन्ता व्यक्त गर्दै युरोपेली संघले सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ । इयुले “थप हिंसा रोक्न” सबै पक्षलाई आग्रह गरेको हो ।

संघले विज्ञप्ति जारी गर्दै सबै पक्षहरूलाई “थप हिंसा रोक्न” संयमता अपनाउन आग्रह गर्दै “राजनीतिक शक्तिहरूलाई संवैधानिक ढाँचाभित्र  रहेर रचनात्मक राजनीतिक संवादको माध्यमबाट समस्या समाधान गर्न अनुरोध गरेको,” अल जजीराले  उल्लेख गरेको छ। मुक्तादा अल-सद्रले सोमबार राजनीति छोड्ने घोषणा गरेपछि उनका हजारौं अनुयायीहरूले इराकको राष्ट्रपति भवनमा आक्रमण गर्दा सुरक्षा बलहरूसँग झडप हुँदा २० जनाको मृत्यु भएको थियो।

दिग्गज कुर्दिश राजनीतिज्ञ मसुद बरजानीले पनि संयमता अपनाउन आह्वान गर्दै  राजनीतिक दलहरूलाई “द्वन्द्व समाधान गर्न हतियार र हिंसाको भाषा प्रयोग नगर्न” आग्रह गरेका छन् ।
उत्तरी इराकको अर्ध-स्वायत्त कुर्द क्षेत्रका पूर्व राष्ट्रपति र शासक कुर्दिस्तान डेमोक्र्याटिक पार्टीका प्रमुख बारजानीले पनि सबै पक्षहरूलाई “इराकी जनताको हितमा ल्याउने समाधान बारे सोच्न र जनताको सामान्य हितलाई ध्यानमा राख्न” आग्रह गरेका छन् ।

यसैबीच टर्कीले आफ्ना नागरिकहरूलाई बगदादको यात्रा नगर्न आग्रह गरेको छ र जारी सङ्कट समाधान गर्न “समावेशी वार्ता” को लागि आह्वान गरेको छ।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले पनि सबै “सम्बन्धित पक्षहरूलाई”  द्वन्द्वात्मक परिस्थितिलाई कम गर्न र कुनै पनि हिंसाबाट बच्न तत्काल कदम चाल्न आग्रह गरेका छन्। रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार