असार ३१, २०८२ मंगलबार July 15, 2025

इंग्लिस प्रिमियर लिग : आर्सनलको लगातार पाँचौं जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार पाँचौं जित निकालेको छ । बुधबार राति एस्टन भिल्लालाई २–१ ले हराएर आर्सनलले पाँचौं जित निकालेको हो । आर्सनलका लागि ग्राबियल जिसस र गाब्रियल मार्टिनेलीले एक एक गोल गरे भने एस्टनका लागि डुग्लास लुइजले एक गोल गरे ।

खेलको ३० औं मिनेट जिससले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा एस्टनका लुइजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसपछि ७७ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई २–१ को जित दिलाए ।

जितसँगै आर्सनलले प्रिमियर लिगमा ५ खेलबाट १५ अंक जोड्दै तालिकाको अग्रता जारी राखेको छ । समान खेलबाट १३ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ ।

लिभरपुलले न्युकासल युनाईटेडलाई हरायो लिभरपुलले न्युकासल युनाईटेडलाई हराएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले न्युकासल युनाईटेडलाई २–१ ले हराएको हो । लिभरपुलका लागि रोबर्टो फिर्मिनो र फाबियो कार्भाल्होले एक एक गोल गरे भने न्युकासलका लागि एलेक्सान्डर इसाकले एक गोल गरे ।

खेलको ३८ औं मिनेटमा इसाकले गोल गर्दै न्युकासललाई सुरूवाती अग्रता दिलाएका थिए । तर, ६१ औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा कार्भाल्होले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए ।

जितसँगै लिभरपुल ५ खेलबाट ८ अंक जोडेर आठौं स्थानमा रहेको छ । पराजित न्युकासल ६ अंक जोडेर ११ औं स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् बैठक एक साताका लागि स्थगित
२०८२ असार ३१, मंगलबार
एमालेको ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’
२०८२ असार ३१, मंगलबार
आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का
२०८२ असार ३१, मंगलबार
नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा
२०८२ असार ३१, मंगलबार
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने
२०८२ असार ३१, मंगलबार
‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष
२०८२ असार ३१, मंगलबार
राष्ट्रियसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
२०८२ असार ३१, मंगलबार