श्रावण ६, २०८२ मंगलबार July 22, 2025

आईफोन, वनप्लस लगायत ३०० डलरभन्दा महँगा मोबाइल दशैंसम्म नआउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले महँगा मोबाइल आयातमाथिको प्रतिबन्ध थप लम्ब्याएको छ । राजपत्रमा एक सूचना प्रकाशित गर्दै सरकारले आगामी असोज २८ गतेसम्म आयात प्रतिबन्ध लम्ब्याएको हो ।

यससँगै आईफोन लगायतका ३०० अमेरिकी डलरमाथिका मोबाइल दशैँ अघि नेपाल भित्रिने वैधानिक बाटो बन्द भएको छ ।  सरकारको नयाँ निर्णय अनुसार ३०० अमेरिकी डलरमाथिका मोबाइलका साथै कार, जिप, भ्यान, लगायतका सवारी साधन, १५० सीसी माथिका मोटरसाइकल र तयारी मदिरा आयात गर्न पाइने छैन ।

तर कुरकुरे, कुरमुरे, लेज जस्ता वस्तुहरू, हिरा, रङ्गिन टिभी, खेलौना, तास जस्ता वस्तुहरूको आयात भने खुलेको छ । सरकारले विदेशी मुद्राको सञ्चिति रित्तिँदै गएको भन्दै वैशाख १४ देखि दश प्रकारका वस्तुको आयात माथि यस किसिमको प्रतिबन्ध लगाउन सुरु गरेको हो ।

वैशाख १३ गते ६०० अमेरिकी डलरमाथिका मोबाइल आयातमा लगाएको प्रतिबन्धको सीमा विस्तार गर्दै सरकारले साउन १ देखि ३०० अमेरिकी डलर माथिका मोबाइल आयातमाथि प्रतिबन्ध लगाएको हो ।

सरकारको यस किसिमको आयात प्रतिबन्धको असर सबैभन्दा धेरै आईफोन र वनप्लस ब्रान्डमाथि परेको छ । साथै अन्य ब्रान्डका मिडरेञ्ज तथा फ्ल्यागशिप स्मार्टफोनको आयात समेत करिब चार महिनादेखि ठप्प प्रायः छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार