असार ३१, २०८२ मंगलबार July 15, 2025

नेपाल–केन्या एकदिवसीय क्रिकेट: केन्यासामु २३१ रनको लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले केन्यासामु दुई सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

केन्याको नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर दुई सय ३० रन बनाएको हो ।

नेपालका लागि लागि कप्तान रोहितकुमार पौडेलले ७८ रनको अद्र्धशतकीय पारी खेले । उनले ९५ बल खेल्दै सात चौका हाने । यस्तै देव खनालले ३७, सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्ले २५, वसिर अहमदले १७, आदिल अन्सारीले १४ र करण केसीले ११ रनको योगदान दिए ।

बलिङतर्फ केन्याका लागि नेहमिह ओढियाम्बो, शेम एन्गोचे र विराज पटेलले दुई दुई विकेट लिए ।

अहिले केन्याले जवाफी ब्याटिङ गरिरहेको छ । यसअघि नेपालले केन्यासित शुक्रबार पहिलो एकदिवसीय खेल खेलेको थियो ।

उक्त खेलमा नेपाल सात विकेटले विजयी भएको थियो । सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग (सीपीएल)खेल्न वेष्ट इन्डिज गएपछि नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले गरिरहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् बैठक एक साताका लागि स्थगित
२०८२ असार ३१, मंगलबार
एमालेको ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’
२०८२ असार ३१, मंगलबार
आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का
२०८२ असार ३१, मंगलबार
नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा
२०८२ असार ३१, मंगलबार
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने
२०८२ असार ३१, मंगलबार
‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष
२०८२ असार ३१, मंगलबार
राष्ट्रियसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
२०८२ असार ३१, मंगलबार