काठमाण्डौः महिला साफ च्याम्पियनसिपमा भाग लिन बंगलादेशको राष्ट्रिय टोली शनिबार नेपाल आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्यद्वय मनीष जोशी र सलिना श्रेष्ठलगायतले त्रिभुवन विमानस्थलमा बंगलादेशी टोलीलाई स्वागत गरेका थिए ।
भुटान र पाकिस्तानी टोली भने यसअघि नै काठमाडौं आइसकेका छन् । भारतीय टोली शनिबार नै काठमाडौं आइपुग्ने एन्फाले यसअघि नै जानकारी दिएको थियो । श्रीलंका र माल्दिभ्स टोली आइतबार आइपुग्ने बताइएको छ ।
दशरथ रंगशालामा भदौ २१ गते दक्षिण एसियाका सातै राष्ट्रको सहभागितामा च्याम्पियनसिप सुरु हुनेछ । बंगलादेश समूह मा भारत, पाकिस्तान र माल्दिभ्ससँग रहेको छ । आयोजक नेपाल, भुटान र श्रीलंका समूह बीमा छन् । पहिलो दिन नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
राउन्ड रोविन लिगपछि समूहका शीर्ष २ टोली फाइनलमा पुग्नेछन् । यसअघि विरानगरमा भएको पाँचौं संस्करणको फाइनलमा नेपाललाई ३–१ ले हराउँदै भारत पाँचौं पटक च्याम्पियन बनेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया