श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सामसङ ग्यालेक्सी वाच फाइभ सिरिज र बड्स टु प्रो सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सामसङले नेपाली बजारमा ग्यालेक्सी बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र वाच ५ प्रो भित्र्याएको छ । सार्वजनिक भएको बड्स २ प्रोमा एटिक्भ न्वाइज क्यान्सिलेसन फिचर छ, जसमार्फत प्रयोगकर्ताले आनन्ददायी म्युजिकको मजा लिनसक्ने कम्पनीकाे भनाइ छ ।

कम्पनीका अनुसार यसले हाई-फाई २४ बिट अडियो प्रदान गर्ने हुँदा उच्च गुणस्तरीय आवाजको साथमा प्रयोगकर्ताले रियल कन्सर्टमा सहभागी भएको अनुभव लिन सक्नेछन् ।

त्यतिमात्रै नभएर यसमा उपलब्ध एटिक्भ न्वाइज क्यान्सिलेसन फिचरको मद्दतले बाहिरको अनावश्क आवाजलाई रोक्नेछ । भने, बाहिर कसैले बोलेको आवाज भने मज्जाले सुनिने छ । त्यो हुँदा गीत सुन्दै अरुले बोलेको कुरामा समेत ध्यान दिएर काम गर्न सकिन्छ ।

यसअघिका एयर बड्सको तुलानमा साइजमा समेत केही परिवर्तन गरेको छ । भने, डिजाइमा पनि निकै परिमार्जन गरिएको छ, जसको बजार मूल्य २७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

त्यस्तै कम्पनीले ग्यालेक्सी वाच ५ र वाच ५ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ ।

यसअघिका डिभाइसको तुलनामा परिमार्जन र परिस्कृत गर्दै कम्पनीले नयाँ डिजाइनका साथ उपलब्ध गराएको छ । दुवै ग्यालेक्सी वाच ५ र वाच ५ प्रोमा भएको बायोएक्टिभ सेन्सर प्रयोग गरिएको छ । त्यो हुँदा प्रयोगकर्ताको कृयाकलापलाई राम्रोसँग मापन गर्न सक्ने दाबी कम्पनीको छ ।

यसमा पहिलो पटक जीपीएस समेत जडान गरिएको छ । त्यो हुँदा आफ्नो यात्राको रेकर्ड राख्न सकिने छ ।

दुवै वाच ५ र वाच ५ बडी कम्पोजिसन मेजरमेन्ट टुल राखिएको हुँदा प्रयोगकर्ताहरुलाई वर्कआउटहरु वा प्रशिक्षणद्वारा आफ्नो व्यक्तिगत लक्ष्य तोक्न सहयो पुग्नेछ ।

साथै यसमा कतै लडेको खण्डमा आकस्कि कल गर्न सकिने फिचर समेत उपलब्ध रहेको छ । साथै वाचमा प्रयोगकर्ता निदाउँदाको स्कोर ट्रयाक राख्ने, तपाईंको आरामको समय बढाउने जस्ता विशेषताहरुका समेत रहेका छन् ।

प्रयोगकर्ताको निन्द्रा खलबलिन नदिन बत्ती, एसी र टिभी समेतको तालमेल मिलाउने स्मार्ट थिङ्स एप पनि यसमा उपलब्ध रहेको छ । कम्पनीका अनुसार बजारमा ४०, ४४ र वाच प्रो गरी तीन फरक भेरियन्टमा यो वाच उपलब्ध हुनेछ ।

जसको बजार मूल्य क्रमश ३९ हजार ९९९ रूपैयाँ, ४४ हजार ९९९ र वाच ५ प्रोको मूल्य ६४ हजार ९९९ रुपैयाँ तोकिएको छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार