असार ३२, २०८२ बुधबार July 16, 2025

एसिया कप क्रिकेट – पाकिस्तानसँग भारत ५ विकेटले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एसिया कप क्रिकेटको सुपर चार अन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको छ ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गएराति भएको खेलमा भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो ।

पाकिस्तानका लागि मोहमद रिजवनले ७१ रनको अर्धशतकीय पारी खेले ।  यस्तै, मोहमद नवाजले ४२, आशिफ अलिले १६, फकर जमानले १५ तथा  कप्तान बाबर आजम र खुस्दिल शाहले १४ रन जोडे ।

भारतका भुवनेश्वर कुमार, अश्रदीप सिंह, रवि बोस्नोई, हार्दिक पाण्डय र युजभेन्द्र चाहलले १र१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले ६० रनको अर्धशतकीय पारी खेले । यस्तै, कप्तान रोहित शर्मा र केएल राहुलले समान २८र२८ रन बनाए ।

दीपक होडाले १६, ऋषव पन्त १४ र सूर्यकुमार यादवले १३ रन बनाए ।  पाकिस्तानका शादव खानले २ विकेट लिए भने नसीम शाह, मोहमद हसनेन, हरिस राउफ र मोहमद नवाजले १र१ विकेट लिए । जितसँगै पाकिस्तानले सुपर चारमा २ अङ्क जोडेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया