असार २६, २०८२ बिहिबार July 10, 2025

क्यानडामा छुरा प्रहारः एक संदिग्ध मृत फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः क्यानडा प्रहरीले सास्काचेवानमा आइतबार सामूहिक छुरा प्रहार गर्ने दुई संदिग्ध मध्ये एक मृत फेला परेको जनाएको छ । संदिग्ध दाजुभाइमध्ये ३१ वर्षीय डेमियन स्यान्डरसनको शव जेम्स स्मिथ क्री नेसनमा भेटिएको प्रहरीले जनाएको छ ।

आइतवार सास्काचेवानका विभिन्न स्थानमा चक्कु प्रहार हुँदा अन्य १८ जना घाइते भएका थिए । आक्रमणसँग जोडिएका घटनाबारे प्रहरीले थप अनुसन्धान गरिएको छ ।

पीडितहरू उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा फेला परेका थिए । जथाभावी छुरा प्रहारपछि स्थानीयहरुलाई सुरक्षित स्थानमा रहन भनिएको थियो ।

जेम्स स्मिथ क्री नेसनमा आपतकाल घोषणा गरिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमणलाई ‘भयानक र हृदयविदारक’ भनेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार
निफ्राको ‘हरित ऊर्जा ऋणपत्र’ आजदेखि कारोबारमा
२०८२ असार २६, बिहिबार
पूर्वमन्त्री कुमार खड्काकांग्रेसको साधारण सदस्यबाटै निष्कासित
२०८२ असार २६, बिहिबार