काठमाण्डौः दक्षिण कोरियामा हिनामनोर आँधीका कारण एउटा भवनको बेसमेन्टमा रहेको कार पार्कमा फसेर सात जनाको मृत्यु भएको छ । उनीहरू आफ्नो कार सार्न तल गएका बेला आँधीमा फसेका थिए ।
उद्धार टोलीले दुई जनाको उद्धार गरेका थिए । उनीहरु पाइपमा १२ घण्टाभन्दा बढी टाँसिएर ज्यान जोगाएका थिए । यस वर्षको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चक्रवाती आँधी हिनामनोर यस हप्ताको सुरुमा दक्षिण कोरियामा पुगेको थियो । बाढीका कारण बेसमेन्ट पूर्णरुपमा डुबेको थियो ।
राष्ट्रपति युन सुक–योलले उक्त विपत्तिप्रति दुःख व्यक्त गरेका छन् । उनले भने, ‘हिजो राती यो दुःखद घटनाका कारण म निदाउन सकिनँ ।’एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया