असार ३२, २०८२ बुधबार July 16, 2025

राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई आजै निलम्बन गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नाबालिग जबर्जस्तीकरणी अभियोग लागेपछि नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई आजै कप्तानबाट निलम्बन गर्ने तयारी गरेको हो ।

समाचार स्रोतका अनुसार सन्दीपलाई कप्तानसँगै खेलकुद गतिविधिबाट निलम्बन गर्न लागिएको छ । १७ वर्षीया नाबालिगले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै मंगलबार प्रहरी वृत्त गौशालामा उजुरी दिएका थिए ।

जिल्ला अदालत, काठमाडौंले बिहीबार सन्दीपलाई पक्राउ गर्न पुर्जी जारी गरिसकेको छ । हाल क्यारेबियन लिग खेल्नका लागि वेस्ट इन्डिजमा रहेका सन्दीपलाई इन्टरपोलको सहायतामा पक्राउ गरी नेपाल ल्याउन सकिने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया