असार २६, २०८२ बिहिबार July 10, 2025

उत्तर कोरिया आणविक हतियार सम्पन्न राष्ट्र घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उत्तर कोरियाले आफूलाई आणविक हतियार राष्ट्र घोषणा गरेको छ । यसका लागि उत्तर कोरियाले कानुन पारित गरेको छ । सरकारी समाचार संस्था केसीएनएले यो जानकारी दिएको हो ।

उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले यो निर्णयमा कुनै परिवर्तन नहुने बताएका छन् । उनले यस विषयमा कुनै पनि तहको वार्ताको सम्भावनालाई अस्वीकार गरेका छन् ।

उत्तर कोरियाको यो कानून अनुसार देशलाई आफ्नो रक्षाका लागि आणविक हतियार प्रयोग गर्ने अधिकार हुनेछ । धेरै प्रतिबन्धका बाबजुद उत्तर कोरियाले सन् २००६ देखि २०१७ सम्म ६ वटा आणविक परीक्षण गरेको थियो ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्का धेरै प्रस्तावहरूको बावजुद उत्तर कोरियाले आफ्नो सैन्य क्षमतालाई बढाएको छ । किम जोङले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि दुई पटक शिखर वार्ता गरेका थिए तर त्यसको कुनै फाइदा भएन ।

त्यसयता अमेरिका र उत्तर कोरियाबीचको वार्ता रोकिएको छ । तर, बाइडेन सरकारले उत्तर कोरियासँग वार्ता गर्न चाहेको संकेत गरेको थियो । तर राष्ट्रपति बाइडेनले किम जोङ उनसँग भेटघाट गर्ने कि नगर्ने भन्ने स्पष्ट भएको छैन । यो वर्ष उत्तर कोरियाले कीर्तिमानी संख्यामा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको थियो । जसका कारण कोरियाली प्रायद्वीपमा पनि तनाव बढेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार
निफ्राको ‘हरित ऊर्जा ऋणपत्र’ आजदेखि कारोबारमा
२०८२ असार २६, बिहिबार
पूर्वमन्त्री कुमार खड्काकांग्रेसको साधारण सदस्यबाटै निष्कासित
२०८२ असार २६, बिहिबार