असार ३२, २०८२ बुधबार July 16, 2025

लिस्नुकप फुटबल : आयोजक क्लब क्वाटरफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लिस्नु युवा क्लब, रुपन्देहीको कोटीहवामा जारी २०औं लिस्नु कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार कोटीहवा स्थित पशुपति माविको खेलमैदानमा सम्पन्न अन्तिम प्रि क्वाटर फाइनल खेलमा आयोजक समेत रहेको लिस्नुले पाहुना टिम पाल्पा ११ लाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको हो ।

एक  नाइजेरीयन खेलाडी सहित मैदान ओर्लिको आयोजक लिस्नुले खेलको पहिलो हाफ गोल रहित खेल खेल्यो । ०-० गोलको अवस्था रहेको उत्तरार्द्धको ४४ मिनेटमा लिस्नुका राजेन्द्र रावलले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । ५५ मिनेटमा विदेशी खेलाडी फोडे फुफानाले गोल थप्दै अग्रता २-० बनाए ।

६५ मिनेटमा पाल्पा एघारका खेलाडीलाई डि एरिया भित्र लिस्नुका रक्षकले  लडाएपछि पाल्याले पेनाल्टी हान्ने अवसर पाएकोमा जनोम लिगलले गोल गर्दै गोल अन्तरलाई २–१ बनाए । १ गोल फर्काएपछि जोशीएको पाल्पा ६८ मिनेटमा कप्तान कुशल भण्डारीले रातो कार्ड पाएर बाहिरिएपछि दबाबमा पर्न पुग्यो टिम । गोल गर्ने अवसर पाए पनि सदुपयोग हुन सकेन । अन्तत: आयोजक लिस्नु २–१ गोलले जित निकाल्दै क्वाटर फाइनल प्रवेश गर्यो‍ ।

लिस्नुका हिमाल थापाले उत्कृष्ट खेल प्रदर्शन गरे बापत म्यान अफ म्याच घोषित हुँदै ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । लिस्नुले क्वाटर फाइनलमा अब अञ्चलपुर युवा क्लब भैरहवासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्जाका गरी १६ टिमको सहभागिता रहेको छ भने विजेताले  ३ लाख रुपैयाँ र ट्रफी तथा उप विजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् ।

त्यस्तै गरी सेमिफाइनलमा पराजित हुने २ टिमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तीर्थराज मल्लले बताए ।

प्रतियोगितामा यस पटक सोहिस्थानकी श्रीमाया गुरुङले आफ्ना बुवा स्व. डिमबहादुर गुरुङको स्मृतिमा मुख्य प्रायोजकको रूपमा सहयोग गरेको क्लबले जनाएको छ ।

प्रतियोगिता अन्तरगत आइतबारको पहिलो क्वाटर फाइनल खेल साबिक विजेता फर्साटिकर फुटबल क्लब र गोर्खा ब्वाइज क्लब बुटवल बिच हुने आयोजक लिस्नु युवा क्लबका सचिव मनोज क्षेत्रीले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया