असार ३२, २०८२ बुधबार July 16, 2025

नवौं राष्ट्रिय क्रिकेट प्रतियोगिता : कर्णालीले गण्डकीलाई ८ रनले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा बुधबार कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई आठ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित १३ ओभरमा ९ विकेट गुमाएर ८५ रन बनायो । वर्षाले प्रभावित खेललाई २० बाट १३ ओभरमा घटाइएको थियो ।

गण्डकीका सन्दीप क्षेत्रीले सर्वाधिक ४९ रन बनाए । यस्तै, अनिल गुरुङले १४ रन बनाए । कर्णालीका दिनेश अधिकारीले तीन विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको गण्डकीले निर्धारित १३ ओभरमा सात विकेट गुमाएर ९३ रनको बनाएको थियो ।

गण्डकीका प्रकाश जैसीले सर्वाधिक १९ रन बनाए । विपिन रावत र सुवास एयरले समान १३ रनको योगदान गरे । समूह ‘ए’ मा रहेको कर्णालीले समूह चरणका सबै पाँचबाट ६ अंक जोडेको छ । समान खेलबाट गण्डकीले चार अंक छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया