बैसाख २२, २०८३ मंगलबार May 5, 2026

स्वास्थ्य क्षेत्रको हितका लागी आत्मदाह गर्न तयार हुनु सानो विषय होइन । – डा. केदारनरसिंह केसी (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

डा. गोविन्द केसीले धनगढीबाट २०औँ अनशन सुरु गर्नुभएको छ । उहाँ बारम्बार अनशन बस्न किन बाध्य भइरहनुभएको छ ? 

नेपालको स्वास्थ्य क्षेत्रका हरेक पाटोमा बेथिति छ । डा. गोविन्द केसी व्यक्ति मात्र नभई नेपाल चिकित्सक संघको नेतृत्व हुनुहुन्छ । सरकारले डा. केसीको मागबारे पटक–पटक सम्झौता गर्दै आएको छ, तर सम्बोधनमा पूर्णतया बेवास्ता गरिरहेको छ । स्वास्थ्य शिक्षा पनि महँगो, स्वास्थ्य सेवा पनि गरिब जनताको पहुँचमा छैन । नेपालको समग्र स्वास्थ्य क्षेत्रको विकासका लागि गरिएका माग अक्षरशः पालना होऊन् भन्ने ध्येयले डा. केसी पटक–पटक अनशन बस्न बाध्य भइरहनुभएको छ ।

१९ पटकसम्म सहमति गरेको सरकारले डा. केसीका माग सम्बोधन नगर्नुको कारण के होला ?

सरकारका लागि आमरण अनशन मात्रै समस्या हो । अनशन बसेर गरिएका माग समस्या नै होइनन् । सम्झौताको मसी सुक्न नपाउँदै सरकारी पक्षले डा. केसीका माग बिर्सिसकेको हुन्छ ।

माग पूरा गराउन आमरण अनशन नै अन्तिम विकल्प हो त ?

कुनै पनि आमरण अनशन आन्दोलनको अन्तिम विकल्प हो । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता सहज हुनुपर्छ भन्नका लागि आमरण अनशन बस्नुपर्ने स्थिति आउनु नै दुर्भाग्यपूर्ण छ । स्वास्थ्य क्षेत्रको हितका लागी आत्मदाह गर्न तयार हुनु सानो विषय होइन ।नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार