असार २६, २०८२ बिहिबार July 10, 2025

सिरियाका लागि सहयोग गर्न संयुक्त राष्ट्रसङ्घीय महासचिवको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सिरियाका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । सिरियाका लागि मानवीय सहायता आवश्यक रहेकाले त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको हो ।

बुधबार उहाँले सिरियाका नागरिकलाई जीविकाका लागि नै सहयोग गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक सहयोग रकम उपलब्ध गराउन माग गर्नुभएको हो ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदमा बुधबार महासचिव गुटरेसले विश्व समुदायलाई नै सो आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

उहाँले सिरियाली नागरिकको जीवन बचाउने योजनाका लागि संयुक्त राष्ट्रसङ्घले केही कार्यक्रमहरु बनाएको र त्यसका लागि यस वर्षमात्र कम्तीमा पनि चार करोड ४० लाख अमेरिकी डलर रकम चाहिएको बताउनुभयो ।

सो रकम सिरियाली नागरिकको जीवन बचाउनका लागि अत्यावश्यक पर्ने मानवीय सहयाताका लागि मात्र आवश्यक रहेको उहाँले जानकारी दिनुभयो ।

साथै उहाँले यसबाहेक पनि सिरियामा बाहिरबाट आएका शरणार्थी तथा सिरियाबाट भागेर बाहिरिएका शरणार्थीहरुका लागि पनि थप ६.१ मिलियन डलर आवश्यक रहेको उहाँले बताउनुभयो ।

यो सबै गरेर सन् २०२२ का लागि मात्र सिरियाका लागि एक करोड ५० अमेरिकी डलर आवश्यक रहेको जानकारी दिनुभयो ।

विगत लामो समयदेखिको आन्तरिक विद्रोह तथा यहाँ परेको खडेरी आदि कारणले गर्दा सिरियाको आर्थिक अवस्था निकै नाजुक रहेको र यहाँका बालबालिका समेत कुपोषणको शिकार हुदै गएका बताउँदै उहाँले यस्तो अवस्थामा सिरियाका लागि विशेषतः मानवीय सहयता चाहिएको पनि सो बैठकमा जनाउनुभयो । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार