मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

मैदान भिज्दा खेल रद्द, आर्मी फाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा फाइनल प्रवेश गरेको छ । बिहीबार तय भएको पहिलो सेमिफाइनल खेल राति परेको वर्षाका कारण मैदान भिजेपछि रद्द भयो । समूह विजेताको रूपमा सेमिफाइनलकाे यात्रा तय गरेकाे आर्मी खेल रद्द भएसँगै सिधै फाइनल पुगेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह ‘ए’ को विजेता आर्मी र समूह ‘बी’ को उपविजेता सुदूरपश्चिम प्रदेशबीच खेल हुने तालिका थियो । तर, बुधबार रातिको लगातार वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि खेल रद्द भएको हो । खेल रद्द भएपछि उत्कृष्ट नतिजाका आधारमा समूह ‘ए’ को विजेता आर्मी फाइनलमा प्रवेश गरेको छ ।

यो सँगै प्रतियोगितामा वर्षाका कारण रद्द भएको खेल संख्या १७ पुगेको छ । लिग चरणका ३२ खेलमध्ये १६ खेल रद्द भएको थियो । आजै हुने दोस्रो सेमिफाइनलमा एनआरएनए स्पोर्टस एकेडेमी र नेपाल पुलिस क्लबबीच खेल हुने तालिका छ ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेदेखि कार्तिक तीन गतेसम्म गण्डकी प्रदेशमा हुने तालिका रहे पनि सोही समयमा नेपाल टी २० लिग हुने भएपछि पुरुष क्रिकेटलाई अघि सारिएको हो । तर, टी-२० क्रिकेट समेत निर्धारित समयमा नहुने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार