जेठ ४, २०८१ शुक्रबार May 17, 2024

युरोपा लिग : रोनाल्डोको गोलमा युनाइटेड विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एफसी सेरिफलाई २-० ले हराउदै इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पहिलो जित निकालेको छ ।

युनाईटेडको जितमा जाडोन सान्चो र क्रिस्टियानो रोनाल्डोले एक-एक गोल गरे ।

खेलको १७ औं मिनेटमा सान्चोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए । ३९ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दा युनाईटेडले २-० को जित निकाल्यो ।

जितसँगै युनाईटेडले समूह ई को २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा छ । समान खेलबाट ३ अंक जोडेको सेरिफ तेस्रो स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया