जेठ ४, २०८१ शुक्रबार May 17, 2024

इंग्लिस प्रिमियर लिग -सिटी शीर्ष स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः १० खेलाडीमा सीमित उल्भ्सलाई ३-० ले पराजित गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शनिबार राति जित निकाल्दै  शीर्ष स्थानमा उक्लिएको छ । सिटीको जितमा ज्याक ग्रिलिस, एर्लिङ हालान्ड र फिल फोडेनले एक एक गोल गरे ।

खेलको पहिलो मिनेटमै केभिन डि ब्रुयनाको पासमा ग्रिलिसले सिटीलाई अग्रता दिलाएका थिए । १६औं मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । उल्भ्सका नाथन कोलिन्सले ३३औं मिनेटमा रातो कार्डको दर्शन गरेपछि घरेलु टिम १० खेलाडीमा सीमित बनेको थियो ।  ६९औं मिनेटमा फिल फोडेनले सिटीका लागि तेस्रो गोल गरे । फोडेनलाई पनि डी ब्रुयनाले नै पास उपलब्ध गराएका थिए ।

जितसँगै सात खेलबाट १७ अंक जोडेको सिटी शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, समान खेलबाट ६ अंक जोडेको उल्भ्स १६औं स्थानमा छ ।प्रिमियर लिगअन्तर्गत आजै भएका अन्य खेलहरुमा एस्टोन भिल्लाले साउथह्याम्पटनलाई १-० ले, फुलहमले नटिङघम फरेस्टलाई ३-२ ले पराजित गर्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया