असार २६, २०८२ बिहिबार July 10, 2025

दक्षिण कोरियामा ४१ हजार भन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण कोरियामा २४ घण्टाको समयावधीमा अर्थात मङ्गलबार मध्यरातीसम्ममा ४१ हजार दुईसय ८६ कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।

यसैसँगै कोरोनाका कूल सङ्क्रमितको सङ्ख्या दुई करोड ४५ लाख दुई हजार नौ सय ६८ जना पुगेको स्वास्थ्य अधिकारीहरूले  बुधबार जानकारी दिएका छन् ।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा तीन जनाले घटेर ४९४ पुगेको छ ।

सङ्क्रमणको कारण ५९ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसैसँगै मृतकको सङ्ख्या २७ हजार नौ सय ५० पुगेको छ । कुल मृत्यु दर ०।११ प्रतिशत रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया