असार २३, २०८२ सोमबार July 7, 2025

पाकिस्तानमाथि इङल्यान्डको जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पाकिस्तानमाथि ६ विकेटको जितसहित इङल्यान्डले मंगलबार  सात टी-२० खेलको शृंखलमा सुखद सुरुआत गरेको छ ।

१७ वर्षपछि पाकिस्तान भ्रमण गरेको इङल्यान्डले लुक उड र एलेक्स हेल्सको उत्कृष्ट प्रदर्शनमा सहज जित पक्का गर्यो ।पाकिस्तानले प्रस्तुत गरेको एक सय ५९ रनको लक्ष्य इङल्यान्डले १९.२ ओभरमा मात्र चार विकेटको क्षतीमा पूरा गर्यो ।

इङल्यान्डका हेल्सले ५३ र ह्यारी ब्रुकले अविजित ४२ रन जोडे । हेल्सले ४० बलमा सात चौका प्रहार गर्दा ब्रुकले २५ बलमा सात चौका प्रहार गरे । पाकिस्तानका उस्मान कादिरले दुई तथा हरिस रौफ र सहानवाजले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५८ रनको योगफल खडा गरेका थियो ।

पाकिस्तानका ओपनर मोहम्मद रिजवान र कप्तान बाबर आजमले  पहिलो विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । रिजवानले ४६ बलमा ६ चौका  सहित ६८ रन बनाए ।   दुई छक्का प्रहार गर्दा आजमले २४ बल ३ चौका सहित ३१ रन  प्रहार गरे ।

इङल्यान्डका उडले तीन, आदिल रसिदले दुई तथा साम कुरान र मोइन अलीले समान एक विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार