असार २६, २०८२ बिहिबार July 10, 2025

मेक्सिकोमा सशस्त्र समूहको हमलामा १० जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मक्सिकोको एक औद्योगिक क्षेत्रको पोखरी हलमा सशस्त्र आक्रमणकारीहरूले १० जना मानिसको  हत्या गरेका छन् । गुआनाजुआटो राज्यको तारिमोरो नगरपालिकामा उक्त नरसंहार भएको क्षेत्रीय अभियोजकको कार्यालयले जनाएको छ । घटनास्थलमा नौ पुरुषको शव फेला परेको र अर्का एक जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ ।

गुआनाजुआटोका गभर्नर डिएगो सिन्ह्यु रोड्रिग्वेजले उक्त घटनलाई  ‘कायरपूर्ण आक्रमण’ भनेका छन् र व्यवस्था पुर्नस्थापित गर्ने वाचा गरेका छन् । सान्ता रोजा डे लिमा र जालिस्को न्यू जेनेरेसन कार्टेल नामक दुई समूहबीचको  विवादका कारण गुआनाजुआटो मेक्सिकोको सबैभन्दा हिंसात्मक राज्य बनेको छ । जसले लागुऔषधको तस्करी र इन्धन चोरीको नियन्त्रण गर्ने क्रममा हिंसा बढेको छ ।

सन्् २००६ को डिसेम्बरदेखि सरकारले एक विवादास्पद सैन्य कारबाही एंटी ड्रग अपरेसन सुरु गरेको छ । त्यस यता ३ लाख ४० हजार जनाको हत्या भएको तथ्यांक छ ।एजेन्सी

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया