जेठ ६, २०८१ आइतबार May 19, 2024

यसकारण मैले विगतको पार्टी छोड्ने निष्कर्षमा पुगेँ। – उमाशंकर अरगरिया (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मधेसलाई एमाले मुक्त बनाउने अभियानकर्ता तपाइँ त्यही पार्टीमा प्रवेश गर्ने निर्णयमा कसरी पुग्नुभयो?

मधेसको राजनीति  गर्दा एमाले र त्यस पार्टीको अध्यक्षको खरो आलोचक मध्ये पनि थिएँ। जब मैले केपी ओलीलाई नजिकबाट नियालेँ, उहाँ असाध्यै विकासप्रेमी पाएँ। आफ्नो व्यक्तिगत सम्पत्तिसमेत राष्ट्रलाई दिने उहाँको घोषणाबाट म निकै प्रेरित भएँ। उहाँलाई नजिकबाट नियालेपछि उहाँप्रतिका विगतका दृष्टीकोण परिवर्तन भए। उहाँसँगको संवादपछि देशको हित भएपछि मात्रै मधेसको हित हुन्छ भन्ने निष्कर्षमा पुगेँ। एमाले र त्यस पार्टीका नेतृत्पप्रतिको दृष्टीकोण परिवर्तन भएपछि मैले विगतको पार्टी छोड्ने निष्कर्षमा पुगेँ।

विगतमा एमाले अध्यक्ष केपी ओलीले प्रतिगमन गरेको भनेर सडकमा पनि उत्रिनुभयो अब त्यही पार्टीबाट राजनीतिलाई कसरी अघि बढाउनुहुन्छ?

संसद विघटनको कदमलाई प्रतिगमन भन्दै हामी पनि सडकमा उत्रियौँ। तर जब मैले जनतामा जानु गलत होइन भन्ने महशुस गरेँ त्यसपछि मैले चुनावमा जाने कुरालाई प्रतिगमन नभनौँ पनि भनेँ। । संसदनै चल्न नदिएपछि जनतामाझ जाने निर्णय प्रतिगमन थिएन। परमादेशबाट सरकार बनेपछि त मैले त्यसबैलानै प्रतिगमन भयो भनेको थिएँ। ।अब एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाएपछि मात्रै मुलुकको समग्र विकास हुन्छ। पहिले म मधेसमुक्त एमालेको अभियानमा थिएँ।मुलुकको विकास र राष्ट्रको हितका विषयमा एमालेको एजेण्डा जनतालाई बुझाएर अब मधेसमय एमाले बनाउने अभियानमा म अघि बढ्छु।

मधेसकेन्द्रित राजनीतिलाई अघि नबढाउने निष्कर्षमा किन पुग्नुभयो?

आत्मकेन्द्रित राजनीति गर्ने दलहरुबाट मधेसको हितमा राजनीति हुनसक्दैन भन्ने मलाई महशुस भयो। मैले मधेसकेन्द्रित राजनीति छोडेको होइन, मधेसको हितमा राजनीति गर्नका निम्ति एमाले रोजको हुँ।

चुनावकै सम्मुखमा पार्टीमा जानुभयो, के अब एमालेबाट चुनाव लड्नहुन्छ ?

एमालेमा म कुनै पद हाँसिल गर्नका निम्ति प्रवेश गरेको होइन। केही आशा गरेर पार्टी रोजेको पनि होइन। मेरो पदीय दायित्व र उम्मेदवारीबारे अहिलेसम्म त्यस्तो केही निर्णय भएको छैन। सेतोपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको कारण बदलीको सम्भावना
२०८१ जेठ ६, आइतबार
इण्डियन प्रिमियर लिग : बैंगलुरुले चेन्नई सुपर किंग्सलाई २७ रन अन्तरले हरायो
२०८१ जेठ ६, आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द
२०८१ जेठ ६, आइतबार
संसदका दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने
२०८१ जेठ ६, आइतबार
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
२०८१ जेठ ६, आइतबार
मुलुकलाई अगाडि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ: प्रमुख सचेतक लेखक
२०८१ जेठ ६, आइतबार
आज आईतबार सुर्य भगवानलाई दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल
२०८१ जेठ ६, आइतबार