काठमाडौँ । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
प्रधानमन्त्री ओलीको बुधबार सफल मिर्गौला प्रत्यारोपण भएको हो । उनलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौदा दान गरेकी हुन् । चार घण्टा ४५ मिनेटको शल्यक्रियाबाट ओलीमा मिर्गौला प्रत्यारोपण भएको हो ।
ओलीले प्रत्यारोपण सकिएयता बिहीबार बिहान ८ बजेसम्म १० लिटर भन्दा बढी पिसाब गरेको त्रिवि शिक्षण अस्पतालका प्रा.डा. प्रेम खड्गाले जानकारी दिएका छन् ।
उनले भने, ‘प्रधानमन्त्री ज्यूले पिसाब गर्नु भएको छ, यसको अर्थ नयाँ मिर्गौलाले काम गर्न थालेको छ ।’ अवस्था स्थिर रहेमा प्रधानमन्त्री ओलीलाई बिहीबार कालो चियासहितका तरल पदार्थ खुवाउने तयारीमा उपचारमा संलग्न चिकित्सक छन् ।
प्रधानमन्त्री ओलीलाई अहिले त्रिवि शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण युनिटको आइसियुमा राखिएको छ।
प्रत्यारोपणपछि डा. अनिल श्रेष्ठ, डा. सुवास आचार्य लगायतको समूहले प्रधानमन्त्री ओलीको विशेष निगरानी गरिरहेको छ। मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना भएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया