असार २८, २०८२ शनिबार July 12, 2025

उत्तर कोरियाले ब्यालेस्टिन क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण कोरियाले उसको छिमेकी उत्तर कोरियाले आइतबार एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

दक्षिण  कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले आइतबार दक्षिण कोरियाको उत्तरी सामुन्द्रिक क्षेत्रमा पर्ने गरी छोटो दुरीको एक ब्यालेस्टिन क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएका हुन् ।

उत्तर कोरियाली उत्तरी प्रान्त तायचोनको सामुन्द्रिक पानीमा स्थानीय समय अनुसार आइतबार बिहान ६ः५३ बजे सो क्षेप्यास्त्र हानेको दक्षिण कोरियाली सेना प्रमुखले आइतबार विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएका हुन् ।

दक्षिण कोरिया उत्तरबाट हुन सक्ने यस्तो आक्रमणको प्रतिकार गर्न सक्ने पूर्ण क्षमताका साथ अमेरिकाको समन्वयमा पूर्ण तयारीका साथ रहेको जानकारी पनि सो विज्ञप्तिमा दिइएको छ ।

दक्षिण कोरियाली सेनासँगको संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी एक सैनिक समूह दक्षिण कोरियाली बुसान सहरमा आएको दुई दिनपछि उत्तर कोरियाले यो क्षेप्यास्त्र हानेको छ ।

यसै महिना दक्षिण कोरियाली र अमेरिकी सैनिकले संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरिरहेको बुझिएको छ । सोही तयारीको समयमा उता उत्तर कोरियाले यो क्षेप्यास्त्र हानेको बताइएको छ ।

यस अघि पनि उत्तर कोरियाले पटक पटक छोटो दुरीका यस्ता ब्यालेस्टिक क्षेप्यास्त्रहरु प्रहार गर्ने गरेको छ । यसै वर्ष पनि उत्तर कोरियाले कैयौँ पटक यस्ता क्षेप्यास्त्र प्रहार गरिसकेको छ । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार