काठमाडौंः नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा २–० गोलको अग्रता लिएको छ । नेपालका अञ्जन विष्टले दुई गोल गरेका छन् ।
तेज तामाङको प्रहार बंगलादेशका गोलकिपरले वान टचमा समाउन नसकेको बललाई अञ्जनले गोलमा परिणत गरेका हुन् ।
यसअघि खेलको १८औं मिनेटमा गोल गर्दै अञ्जनले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया