असार २४, २०८२ मंगलबार July 8, 2025

चोलेन्द्र अध्यायको पटाक्षेप – श्यामप्रसाद मैनाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रारम्भ

राना ३ कै स्मरण गराउने शैलीमा चोलेन्द्रशमशेर राणाले केही समय न्यायपालिकाको नेतृत्व सम्हाले । अत्यन्त मनमोजी र स्वविवेकमा अदालत आफ्नै ढंगले सञ्चालन गर्न खोज्दा उनीविरुद्ध विरोधको माहोल बन्दै गएको हो । उनलाई महाभियोगको प्रस्ताव पेस हुनेसम्मको अवस्थाको सिर्जना हुनुमा उनी आफैं धेरै हदसम्म जिम्मेवार छन् । अविश्वासको प्रस्ताव गठबन्धनका केही नेताहरूको सुरक्षाका लागि ल्याउनु नै पर्ने अवस्था बन्यो । संसद्मा प्रतिपक्षले साथ नदिँदा पारित हुन नसक्ने स्थिति स्पष्ट थियो । सत्तारूढ दलका केही सांसदले प्रस्ताव पेस गरे । प्रतिपक्षले प्रारम्भदेखि नै प्रस्तावको विपक्षमा आफ्नो अडान राख्दै आउन थालेको थियो । सरकार पक्ष यसलाई पारित गर्ने उपायको खोजी गरिरहँदा यसले कानुनले निर्धारण गरेको अवधिमा संसद्बाट निकास पाउन सकेन । महाभियोग सिफारिस समितिका ११ जना सदस्यमध्ये बहुमत ६ जना सदस्यले प्रस्तावको पक्षमा आफ्नो मत दिई अन्तिम समयमा प्रतिनिधिसभासमक्ष पेस गरेको हो । प्रतिनिधिसभाबाट महाभियोग प्रस्ताव’bout निर्णय नलिई यसको पदावधि सकियो । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र आफ्नो निलम्बन अवधि समाप्त भएकाले कार्यभार सम्हाल्न सर्वोच्च अदालत जान तयार भए । सरकारले यसलाई सुरक्षादस्ता तैनाथ गरी रोकेको छ ।

जिम्मेवारी विमुख गराउन ल्याइएको प्रस्ताव

प्रस्तावका पक्षधर अथवा गठबन्धन पक्षले आतंकित मनस्थितिमा यो प्रस्ताव पेस गरेको हो । प्रस्तावको उपादेयतामाथि छलफल गर्नसमेत एमाले तयार थिएन । किनकि यो प्रस्ताव ल्याउनुका पछाडि गठबन्धनका साझेदार दलभित्र प्रचण्ड र माधाव नेपालकोे सुरक्षा कवच प्रस्तावलाई बनाउनु थियो । ललिता निवास घोटाला प्रकरणका नाइकेमध्येका एक माधवकुमार नेपाल र डा. बावुराम भट्टराईहरूमा राणाले निर्णय दिई आपूmहरूलाई दोषी प्रमाणित गरिदिने सन्त्रास देखिएको थियो । माधव नेपालका १४ जना सांसदहरूको भविष्य पनि सर्वोच्च अदालतबाट छिट्टै हुने निर्णयमा आधारित देखियो । ती सांसदहरू अवैध बनेमा नेपालको दल खुद्रे पसलसम्म पनि बन्न सक्ने अवस्था थिएन । राणाको रवैया यो निर्णय लिई उनीहरूलाई समाप्त पार्ने योजनामा आधारित भएको आशंका माधव एन्ड कम्पनीले गरेकै हुन् । कमरेड प्रचण्डका विश्वासपात्र व्यक्ति हत्याका अभियुक्त अग्नि सापकोटाको मुद्दा पनि छिट्टै छिनिने अवस्थामा थियो । यो मुद्दाको निर्णय वर्तमान सभामुखको पक्षमा आउनेमा सन्देह प्रचण्डजीलाई रह्यो । यी दलहरूका नायकले धेरै प्रकारको प्रभाव सर्वोच्च अदालतमाथि पार्ने कोशिश पनि सफल हुन सकेको थिएन । यस अवस्थामा राणालाई जिम्मेवारीमा यथावत् कायम गर्नु आफ्नो राजनीतिमा जोखिमको सामना गर्नुपर्ने स्थिति देखियो । उनीहरूको तीव्र दबाब महाभियोग प्रस्ताव पेस गर्न प्रधानमन्त्रीलाई पर्न गयो । प्रस्ताव पेस गर्दा पारित गराउन सक्ने अवस्था छैन । पेस नगर्दा गठबन्धन टुट्ने अवस्था स्पष्ट हुन आयो । सरकारबाट हट्ने कि राणालाई जिम्मेवारीविहीन बनाउने दुईवटा मात्र विकल्प प्रधानमन्त्रीका सामुन्ने स्पष्ट हुन आयो । स्वभावतः महाभियोगको प्रस्ताव पेस गर्ने निर्णय भयो । प्रक्रिया अघि बढ्यो, माधव, अग्नि तथा बाबुरामजीका साथै १४ भाइ सांसदले अभय दान पाए । प्रधानमन्त्रीले सिसघररूपी गठबन्धनलाई निरन्तरता दिन सफल भए । अर्को अर्थमा प्रचण्ड, माधव, बाबुराम र प्रधानमन्त्री सबैका लागि आफ्ना आफ्ना अभिष्ट पूरा गर्ने आधार यो प्रस्ताव बन्न पुग्यो ।

राणा सर्वोच्च फर्किने सम्भावना छैन, उनी सुरक्षाकर्मीको घेरामा रहनेछन्, कानुन व्यवसायीहरूले सर्वोच्च अदालतलाई घेरा दिई नै रहनेछन् ।

अब रणनीति तय गर्ने भूमिकामा प्रमुख प्रतिपक्ष एमाले देखिने नै भयो । दुई तिहाइनजिकको सरकार गिराउन खलनायकी भूमिकामा देखिएका प्रचण्ड र माधवको राजनीति समाप्त पार्ने दिशामा प्रतिबद्ध ओली अब चोलेन्द्रको रक्षाकवच बन्न पुगे । राणाकै सहारामा यी सबैलाई समाप्त पार्ने राजनीतिक रूपमा अस्तित्वविहीन बनाउने रणनीति उनको थियो । यसमा पुनः घायल सिंहका रूपमा सर्वोच्च अदालतमा पु¥याउन सक्दा अनुपयुक्त निर्णयसमेत गर्न राणा पछि पर्ने थिएनन् । तसर्थ पूरै अवधि प्रस्तावको विपक्षमा एमालेले आफ्नो चट्टानी अडान दिँदै आएको हो । आखिर संसद्ले निर्णय दिई प्रस्तावलाई निष्कर्षमा पु¥याउन सकेन । यस अवस्थामा प्रश्न उठेको छ अब राणा निलम्बित अवस्थामा छन् वा छैनन् ? उनले आफ्नो जिम्मेवारीमा रही कार्य सुचारु गर्न पाउने हुन् वा होइनन ? यसमा संविधानको आसय र शब्दार्थसहितको व्याख्याका साथ निर्णय लिनुपर्छ । संविधानतः सबै विधेयक संसद्को अवधि समाप्त भएपछि स्वतः निष्क्रिय हुन्छन् । यी विषयमा पुनः प्रस्ताव ल्याउने, नल्याउने वा परिमार्जनसहित ल्याउने अधिकार नयाँ निर्वाचित संसद्को हुन्छ । महाभियोगको प्रस्ताव पेस भएको छ महिनाभित्र निर्णय लिई सक्नुपर्नेमा सो अवधिभित्र संसद्ले सघन रूपमा छलफल गर्ने प्रयाससम्म गरेन । तसर्थ राणाको निलम्बन अवधि समाप्त भएको छ । उनीउपर महाभियोगको प्रस्ताव पारित हुन सकेन । यथावत् काम गर्न पाउनुपर्छ । यो एक पक्षको निष्कर्ष हो । अर्को पक्ष यसलाई स्वीकार गर्न तयार छैन । संसद् यसलाई तार्किक निष्कर्षमा पु¥याउने प्रयासमा छ । आउने संसद्ले यस प्रस्तावको स्वामित्व ग्रहण गर्नेछ । प्रतिनिधिसभामा यस’bout पुनः बहस हुनेछ । प्रस्ताव पारित हुनेछ । राणा थप सजायका भागीदार हुनेछन् । यो रस्साकस्सीमा प्रमुख प्रतिपक्ष एमालेलाई राणाले कार्यभार सञ्चालन गरेको हेर्ने तीव्र प्रतीक्षा भइराखेको छ ।

अव प्रश्न उठ्छ उनको निलम्बन फुकुवा भएको भए सोको आधिकारिक पत्र राणालाई कसले प्रदान गर्ने हो ? पत्रको अभावमा आफैं व्याख्या गर्दै चोलेन्द्र सर्वोच्च पुगी हाजिर गर्ने प्रयास गर्दा यसले न्यायपालिकाको साख नै धरासायी हुने थियो । अदातलले व्याख्या गर्नुपर्ने अवस्था आउने थियो । प्रधानन्यायाधीश नै दुई जना देखिने थिए । कसले सञ्चालन गर्ने तमासा बन्ने थियो ? मुठभेडको अवस्था सिर्जना हुने थियो । यसले न्यायपालिकाले अन्तर्राष्ट्रियस्तरमै हैसियत गुमाउने थियो । यो लोकतन्त्र नेपालको अन्तर्राष्ट्रिय बेइज्जतको अवस्था हुने थियो । अदालतले व्याख्या गर्न मुद्दाको स्वरूप ग्रहण गर्नुपर्छ । त्यो अवस्था शीघ्र हुन सक्ने स्थिति हुँदैन । त्यसैले यो अनिच्छित अवस्थाबाट न्यायपालिकालाई जोगाउने कार्य सरकारले गरेको छ । मौलिक हकको हनन हुने अवस्था सिर्जना भएको तर्क आइरहँदासमेत यस कदमको सकारात्मक पक्ष देखिएको छ । न्यायपालिकाको नेतृत्व सम्हालेका राणाले निलम्बन फुकुवा भएको लिखित पत्र लिएर मात्र हाजिर हुन सर्वोच्च जानुपर्ने थियो । त्यो पत्र दिने दायित्व संसद्कै हो । संसद्मा यसलाई अघि बढाउने निर्णय भएकाले यस प्रकारको निलम्बन फुकुवा पत्र दिन सक्ने अवस्था रहेन । राणा सर्वोच्च अदालतमा हाजिर हुने सन्दर्भ अहिलेको अवस्थामा अपरिपक्व र अस्वभनीय हो । संसद्को आगामी निर्वाचन सम्पन्न हुनुअगावै राणाले अवकाश प्राप्त गरिसक्ने भएकाले प्रस्तावलाई आगामी संसद्ले स्वामित्व ग्रहण गरी प्रस्ताव पारित गरेमा उनीमाथि थप कारबाही हुनेछ । सुविधाबाट वञ्चित हुनेछन् । तर, हालसम्मको राजनीतिक अवस्थालाई दृष्टिगत गर्दा यो सम्भावना देखिँदैन । परिणाम हो प्रस्ताव पारित नहँुदा पनि राणाले कार्यभार सम्भावना नपाई अवकाश हुनेछन् । यस अर्थमा प्रस्तावको अभिष्ट नै राणालाई जिम्मेवारीविहीन बनाएर अवकाश दिलाउनु हो । प्रस्ताव पारित गर्ने होइन ।

महाभियोग प्रस्ताव अपवादको व्यवस्था

यस प्रकारको अभियोग पेस गर्नुपूर्व यसका बहुआयामिक प्रभावबारेमा चिन्तन गरिनुपर्छ । विश्वका लोकतान्त्रिक देशमध्ये अधिकांशले यसको व्यवस्था संविधानमा गरेका छन् । तर, प्रतिनिधिसभाको दुई तिहाइले पारित गर्नुपर्छ । अपवादका देशले मात्र सामान्य बहुमतको आधारमा पारित गर्ने व्यवस्था गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीश वा प्रधान न्यायाधीशलाई महाभियोग लगाउने विषय अत्यन्त संवेदनशील हुन्छ । यसबाट न्यायिक प्रक्रिया र निष्पक्षतामा प्रश्न उठ्ने स्थिति आउन सक्छ । न्यायालयमा राजनीतिक प्रभाव बढी निष्पक्ष न्याय प्राप्त हुन नसक्ने अवस्था बन्न सक्छ । न्यायिक स्वतन्त्रता र अन्तर्राष्ट्रिय मापदण्ड प्रतिकूल नजाने गरी प्रतिबद्धता आउनु जरुरी हुन्छ । यस्ता प्रस्तावबाट स्थापित लोकतन्त्रमा प्रतिकूल प्रभाव परी न्यायिक निष्पक्षतामा आँच आउने सम्भावना रहन्छ वा रहँदैन सोच्नुपर्नेहुन्छ । यस्ता प्रस्तावको अन्तर्राष्ट्रिय न्यायिक आयोग (इन्टरनेसनल कमिसन अफ जुरिस्ट)बाट अवलोकन गराउने व्यवस्था छ । एसियाका थोरै देशले मात्र यो व्यवस्था संविधानमा राखी अपवाद स्वरूपका घटनाहरूका रूपमा प्रस्ताव आएको देखिएको छ । छानबिन निरपेक्ष रूपमा सर्वस्वीकार्य, निष्पक्ष, यस्तो छानबिनको प्रक्रिया उपयुक्त हुनु जरुरी छ । छानबिन गर्दा आरोपितलाई उसका विरुद्धमा लगाइएको आरोप’bout स्पष्ट लिखित जानकारी हुनुपर्छ । सुनुवाइका लागि उपस्थित हुने, प्रतिरक्षा गर्न पाउने, स्वतन्त्र र निष्पक्ष ट्रिबुनलवाट छानबिन हुनुपर्नेजस्ता अधिकारको सुनिश्चितता गरिनुपर्छ ।

भारतमा यस प्रकारको प्रस्तावको छानबिन सर्वोच्च अदालतको न्यायाधीश, अपिल अदालतको मुख्य न्यायाधीश र सम्बन्धित क्षेत्रका लब्धप्रतिष्ठित विज्ञ सम्मिलित त्रिबुनलवाट गराउने व्यवस्था छ । संयुक्त राज्य अमेरिकामा लामो अन्तरालमा सन् १८०५ मा एकपटक एक न्यायाधीशउपर महाभियोग लगाइएको थियो । भारतमा न्यायाधीशमा कार्य क्षमताको अभाव भएको प्रमाणित भएमा मात्र यस्तो अभियोग लाग्ने व्यवस्था छ । श्रीलंकामा प्रधानन्यायाधीशविरुद्ध तीनपटक यस्तो प्रस्ताव राखियो । सन् २०७८ मा राखिएको एक प्रस्तावमा दुई वर्षसम्म संसद्ले छानबिन गरेको थियो । आरोपित प्रधानन्यायाधीश समाराकुनले अवकाश पाए । सन् २००१ मा प्रधानन्यायाधीश सिल्फाविरुद्ध यस्तो प्रस्ताव राखियो । तर, यसकोबारेमा निर्णय आउनुपूर्व नै तत्कालीन राष्ट्रपति कुमारातुंगाले संसद् विघटन गरी दिए । सन् २०१२ मा अर्का प्रधानन्यायाधीश सिरानी बन्दरानाइकेउपर प्रस्ताव राखियो । यसको कानुन व्यवसायीहरूले अल्पकालीन राजनीतिक स्वार्थका आधारमा प्रस्ताव गरिएकाले नयाँ प्रधानन्यायाधीशलाई अस्वीकार गर्ने अडान लिए । राष्ट्रपतिले नयाँ प्रधानन्यायाधीश नै नियुक्ति नगर्ने अडान लिए । अन्तर्राष्ट्रिय न्यायालय र संयुक्त राष्ट्रसंघको मानवअधिकार आयोगले लिखित विरोध गरेका थिए । यस प्रकरणले ठूलै तहल्का मच्चिएको थियो । तसर्थ, राजनीतिक स्वार्थका आधारमा न्यायाधीशउपर यस प्रकारको प्रस्ताव राख्ने विषयलाई निरुत्साहित गरिनुपर्छ ।

महाभियोग सिफारिस समितिका बहुमत सदस्यले प्रस्तावको पक्षमा आफ्नो मत दिई अन्तिम समयमा प्रतिनिधिसभासमक्ष पेस गरे पनि प्रतिनिधिसभाबाट महाभियोग प्रस्तावबारे निर्णय नलिई यसको पदावधि सकिएको छ ।

सारांश

यस देशमा दुईपटकसम्म अल्पअवधिमा प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव आयो । तत्कालीन प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्ध दर्ता भएको प्रस्तावविरुद्ध परेको रिटमा यिनै राणाले गैरसंवैधानिक मान्दै कार्कीलाई तुरुन्त सर्वोच्च अदालत हाजिर हुन आह्वान गरेका थिए । राणाको पक्षमा यो माहोल बन्न सक्ने अवस्था छैन । सबै सहकर्मी न्यायाधीशले उनीसँग सहकार्य गर्न अस्वीकार गरेका थिए । राणाले समितिको बयानमा सहकर्मी न्यायाधीशलाई महाभियोग लगाउनुपर्नजस्ता विक्षिप्त प्रकृतिको बयान दिई सबैलाई उनलाई असहयोग गर्ने अवस्थामा पु¥याए । यो उनको अपरिपक्व अभिव्यक्ति थियो । यसै गरी कानुन व्यवसायीको समेत हुर्मत लिन उत्सुकता देखाएका छन् । यसबाट उनलाई कुनै पनि प्रकारको फाइदा देखिएन । स्वार्थवश एमाले दलबाहेक अन्य कुनै राजनीतिक दल, सहकर्मी न्यायाधीश, कानुन व्यवसायी जबराको पक्षमा सहानुभूति राख्ने देखिएनन् । आफैंलाई अप्ठेरोमा पार्ने स्वभाव उनमा देखियो । उनको नेतृत्वसक्षम देखिएन । अदालत आफ्नो मातहतमा र पूर्ण नियन्त्रणमा हुनुपर्ने गैरलोकतान्त्रिक मनोविज्ञान पालेका राजनीतिज्ञ, आपूmखुसी स्वविवेकीय निर्णय लिन रुचाउने र राजनीतिसँग हरेक विषयमा भागबन्डाका लागि दबाब राणा देखिनु नै देशको लोकतन्त्रका लागि समेत दुर्भाग्य हो । यस अवस्थामा महाभियोगको प्रस्ताव ल्याएर राणाजीलाई जिम्मेवारी मुक्त गर्नुपर्ने अवस्था देखिएकै हो । अन्यथा न्यायका लागि अदालत पुगेका पीडित प्रभावित बन्ने थिए ।

यस अवस्थामा राणा अब सर्वोच्च अदालत फर्किने सम्भावना देखिँदैन । अवकाश अवधिसम्म उनी सुरक्षाकर्मीको घेरामा रहनेछन्, कानुन व्यवसायीहरूले सर्वोच्च अदालतलाई घेरा दिई नै रहनेछन् । राणाको पक्षमा केही झुन्डहरूको नाराबाजी जारी रहनेछ । कोही रिटको क्षेत्रबाट राणालाई सर्वोच्च अदालतमा हाजिर गराउन माग गर्न पुग्नेछन् । तर, राणालाई हाजिर गराउनेगरी अदालतले आदेश दिनेछैन । आफ्नै व्यक्तिगत स्वभावकै कारण राणाको बहिर्गमन पीडादायक बन्नेछ । गठबन्धन रहेकाको अभिष्ट पूरा हुनेछ । कानुन व्यवसायीहरूले आफ्नो मिसन सफल भएको अनुभूति गर्नेछन् । सर्वोच्च अदालतका न्यायाधीश आफ्नै सहकर्मी यसप्रकार हटाउन सफल भएकोमा सन्तुष्ट रहनेछन् । आगामी संसद्ले राणाजी अवकाश भइसकेकाले यस प्रस्तावलाई गम्भीरतापूर्वक लिनेछैन । राजनीतिकर्मी, कानुन व्यवसायी र सर्वोच्च अदालतका न्यायाधीश सबैले जितेको महसुस गर्ने यस प्रकरणमा न्यायपालिकाको मात्र पराजय हुनेछ । किनकि, अधिकांश न्यायाधीश राजनीतिक दलका अन्धसमर्थक रहेका छन् । राजनीतिक आधारमा न्याय दिने दृष्टिकोण बन्दै गएको आलोचना सघन रूपमा भइराखेको छ । अब आफैंले न्याय सेवालाई राजनीतिक अखडाका रूपमा परिणत गरेकाले यस्ता प्रस्ताव पेस हुने क्रमले निरन्तरता पाउनेछ । राणाको अवकाशपश्चात् यस प्रकरणको पटाक्षेप हुनेछ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार