मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

पाकिस्तानका पूर्व राष्ट्रपति जर्दारी अस्पताल भर्ना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जर्दारी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मङ्गलबार कराँची अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

पाकिस्तान पिपल्स पार्टी (पिपिपि)का सह अध्यक्षसमेत रहेका जर्दारी पछिल्ला केही हप्तादेखि विरामी नै रहेका थिए । तर मङ्गलबार मात्रै अस्पताल भर्ना गरिएको हो ।

उनलाई फोक्सोसम्बन्धी समस्या भएकाले परिक्षणको कार्य भइरहेको अस्पताल श्रोतले जनाएको छ । उनलाई सुरुमा निजी अस्पतालमा भर्ना गरिएकोमा चिकित्सकहरूकै सल्लाहअनुसार कराँची अस्पतालमा भर्ना गरिएको हो ।

उनलाई सन् २०२० मा गम्भीर विरामी भएर कराँचीकै एक निजी अस्पतालको अति सघन कक्षमा राखेर उपचार गराइएको थियो । उनलाई लामो समयदेखि छाती र रगतसम्बन्धी पनि समस्या देखिने गरेको छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार