वैशाख २३, २०८१ आइतबार May 5, 2024

साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालको दोस्रो जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित निकालेको छ । माल्दिभ्समा बुधबार भएको खेलमा नेपालले भुटानलाई ६५–२६ ले पराजित गरेको हो ।

यसअघि मंगलबार भएको खेलमा नेपालले श्रीलंकालाई ५५–४९ ले पराजित गरेको थियो । नेपाल आफ्नो पहिलो खेलमा भने आयोजक माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो ।

प्रतियोगितामा ४ राष्ट्रको सभागिता रहेको यछ । शीर्ष टोलीले प्रतियोगिताको उपाधी जित्ने छ । नेपालको उपाधीको यात्रा भने अरु टोलीबीचको खेलमा निर्भर छ । यसपश्चात माल्दिभ्स र भुटान तथा श्रीलंका र माल्दिभ्सबीचको खेल बाँकी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया