असार २४, २०८२ मंगलबार July 8, 2025

मानिस तनावमा छन् भन्ने कुकुरले पत्ता लगाउछन्ः अनुसन्धान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हामीले पाल्ने कुकुरले फेरि एक पटक प्रमाणित गरेका छन् कि तिनीहरू हाम्रा भावनाहरूमा राम्रोसँग मिल्छन् । हालैको एक अध्ययनले यस्तो देखाएको हो ।क्वीन्स युनिभर्सिटी बेलफास्टका अन्वेषकहरूले गरेको नयाँ अध्ययन अनुसार कुकुरहरूले आफ्नो पसिना र सासबाट मानिसमा तनाव पत्ता लगाउन सक्छन् ।

वैज्ञानिकहरूले पत्ता लगाएका छन् कि कुकुरहरूले हाम्रो सास र पसिनामा तनावको गन्ध लिन सक्छन् ।

अध्ययनका लागि चार वटा पाल्तु कुकुरलाई तीनवटा सुगन्धित क्यानिस्टर (सिलिण्डर आकारका चार डिब्बा) मध्ये एउटा ‘छनोट’ गर्न तालिम दिइएको थियो ।
७०० मध्ये ६५० भन्दाबढी परीक्षणहरूमा तिनीहरूले सफलतापूर्वक पसिना वा सासको नमूना पहिचान गरे जुन तनावग्रस्त व्यक्तिबाट लिइएको थियो ।
प्लोस वन जर्नलमा प्रकाशित छ ।

क्वीन्स युनिभर्सिटी बेलफास्टका अन्वेषकहरूले आफ्नो अध्ययनले थेरापी कुकुरहरूको तालिममा मद्दत गर्ने आशा गरेका छन् । स्कूल अफ साइकोलोजीका  क्लारा विल्सन (पीएचडी शोधकर्ता) र केरी क्याम्पबेल (एमएससी विद्यार्थी) ले सो अध्ययन गरेका थिए ।

अध्ययनमा बेलफास्ट काउन्टीका चार कुकुर ट्रिओ, फिनगल, सुट , विनी र ३६ जना मानिस संलग्न थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार