वैशाख २०, २०८१ बिहिबार May 2, 2024

युक्रेनका चारवटा भूभाग रुसमा गाभिएको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चारवटा भूभाग रुसमा गाभिएको घोषणा गरेका छन् । राजधानी मस्कोमा आयोजित कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सन क्षेत्र रुसमा गाभिएको घोषणा गरे ।

पुटिनले चारवटा क्षेत्र रुसी महासंघको नयाँ क्षेत्र भएको दाबी गरेका छन् । उनले त्यस क्षेत्रमा बसोबास गर्ने दसौं लाख मानिसको चाहनामा त्यस्तो निर्णय गरेको बताए । ‘परिणाम सबैलाई राम्रोसँग जानकारी छ,’ पुटिनले भने, ‘जनताले आफ्नो चाहना व्यक्त गरेका छन् ।’ रुसी राष्ट्रपति पुटिनले भनेको जनमतसंग्रहलाई पश्चिमा राष्ट्र र अन्तर्राष्ट्रिय कानुनका ज्ञाताहरूले भर्त्सना गरेका छन् ।

‘संघीय संसद्‍ले यी चारवटा नयाँ क्षेत्रलाई रुसी महासंघको नयाँ विषय भएकोमा समर्थन गर्नेमा निश्चित छु, किनभने यो दसौं लाख मानिसको चाहना हो,’ पुटिनले भने । पुटिनले मतपरिणाम दिनेहरूको प्राकृतिक अधिकार भएको पनि बताए । साथै इतिहासमा पुस्तौंदेखि रुसीहरूले यो भूभागका लागि लडेको दाबी गरेका छन् ।

कार्यक्रममा रुसले त्यस क्षेत्रमा नियुक्त गरेका ४ जना अधिकारीहरूले विलय सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए । तर रुसी राष्ट्रपति पुटिनले सोभियत संघलाई पुनर्स्थापित गर्न नखोजेको बताएका छन् । सन् १९९१ मा सोभियत संघ विघटनपछि युक्रेन देशको रुपमा उदाएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री
२०८१ वैशाख २०, बिहिबार
टाढाका विद्यार्थीलाई आवासीय सुविधा
२०८१ वैशाख २०, बिहिबार
मन्त्रीपरिषद् बैठक बस्दै, बजेट अधिवेशन बोलाउने तयारी
२०८१ वैशाख २०, बिहिबार
श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्ने सम्भावना
२०८१ वैशाख २०, बिहिबार
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
२०८१ वैशाख २०, बिहिबार
विद्यार्थीहरुलाई पुरा जानकारी लिएर मात्र क्यानडा आउन दुताबासको चेतावनी
२०८१ वैशाख २०, बिहिबार
आर्थिक समृद्धिको नवीन आधार सूचना प्रविधिको विस्तार
२०८१ वैशाख २०, बिहिबार