वैशाख २४, २०८१ सोमबार May 6, 2024

फोन सुस्त भएर हैरानी हुनुहुन्छ : स्मार्टफोनको स्पीड बढाउन यस्तो गर्नुहोस् ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन सुस्त भएर हैरानी खेपिरहनु भएको छ ? फोन स्लो भएका कारण तर्पालाई साथीभाइहरूको स्पीड मोबाइलका अगाडी आफ्नो मोबाइल प्रयोग गर्न लज्जाबोध त भइरहेको छैन ?

सुरूमा खरिद गर्दा तेज गतिमा चल्ने तपाईको मोबाइल हिजोआज बिस्तारै सुस्त हुँदै गइरहेको त छैन ? यदि यस्तै समस्यमाबाट ग्रसित हुनुभएको छ भने तपाइँले कुनै चिन्ता लिनु पर्दैन ।

यी समस्या कुनै ठूलो समस्या भने होइनन् , स्मार्टफोन प्रयोगकर्ताकालागि यी सामान्य समस्या बनिसकेका छन । यदी यो समस्याबाट छुटकारा पाउने उपायको खोजीमा हुनुहुन्छ भने हामी तपाईलाई यी समस्याको समाधानको उपायका बारे जानकारी दिलाउन गइरहेका छौ ।

समस्या चयन गनुहोस :

सर्बप्रथम त तपाईले मोबाइलको समस्या चयन गर्नुपर्ने हुन्छ  । तपाइको मोबाइल सुस्त हुनुको कारण के हो त्यो जान्न जरूरी हुन्छ । समस्या के का कारणले आएको छ । चाहे त्यो कुनै एउटा एपले हो,अन्य धेरै एपहरू वा सिस्टम आफ्नै कारणले हो त्यो जान्न जरूरी छ ।

केही स्पेस खाली गर्नुहोस :

तपाइले इन्सटल गरेका विभिन्न एपहरू र खिचेका फोटोहरूले सिस्टमको मेमोरी स्पेस ओघटेर रहेका रहेको हुन सक्छन । सिस्टमलाई राम्ररी चल्नकालागि राखीदिनुपर्ने हुन्छ । यदी फोन लो–स्पेसमा चलिरहेको छ भने त्यो पनि मोबाइल स्लो हुनुको एउटा मुख्य कारण हो ।

आफ्ना फोनमा  कति मेमोरी स्पेस बाँकी छ त्यसलाई जान्नकालागि मोबाइल प्रयोगकर्ताले सेटिङ् भित्रको स्टोरेज अपसनमा क्लिक गरेर थाहा पाउन सकिन्छ । मेमोरी स्पेस खाली गर्नका लागि सबैभन्दा सजिलो तरिका एप्सहरू अनइन्टल गर्नु हो । तपाइले आफूलाई नचाइने एप्सहरू त्यहाबाट छानेर अनइन्सटल गर्न सक्नुहुनेछ यसले तपाइको फोनको मेमोरी स्पेस बढाउन सहयोग पुर्याउछ ।

स्मार्टफोन खरिद गर्दै आएका प्री–लोडेड एप्सहरू जुन तपाइले प्रयोग गर्नुहुदैन त्यस्ता एपलाईपनि अनसइन्स्टल गरेर मेमोरी स्पेस बढाउन सकिन्छ । त्यसैगरि अटोमेटिक अपडेटका कारण पनि एपहरूको साइज ठूलो हुने गर्छ । धेरै समयसम्म एप चलाइरहँदा त्यस एपमा स्टोर भएको डाटाले पनि मोबाइलमा धेरै स्पेस ओघटेको हुन सक्छ त्यसकारण बेलाबेलामा एप्सले प्रयोग गरेको डाटा लाई डिलिट गर्नाले मेमोरी स्पेस घटाउन मद्दत गर्छ ।

प्रयोगमा रहेका विजेटहरूमा कटौती गनुहोस:

मोबाइल प्रयोग गर्दा तपाईलाइ सहयोग पुगोस र मोबाइल चलाउदाको अनुभवलाई नविन्तम र उत्कृष्ट बनाउन मोबाइलमा बिभिन्न बिल्ट–इन विजेटहरू रहेका हुन्छन । चाहे त्यो वेदरको होस वा डुयल क्लक मोबाइलमा यसका अलावा अन्य एप्सहरूको पनि विजेट रहेने गरेका हुन्छन ।

विजेटको प्रयोगले मोबाइल प्रयोगकर्तालाई सहजता त थप्छ तर एकैसाथ धेरै विजेटहरूको प्रयोग गर्दा भने यसले मोबाइलको पर्फरमेन्समा असर पुर्याइरहेको हुन्छ । एकैसाथ धेरै भन्दा धेरै विजेट ब्याग्राउण्डमा चल्दा यसले फोनलाई सुस्त बनाउछ , यसकारण अत्यावशेक कार्य बाहेकका विजेटहरूको प्रयोगमा कटौती गर्नु बुद्धिमानी कार्य हुन्सक्छ ।

नचाहिँदो एनिमेसन र अन्य इफेक्टलाई बन्द गनुहोस :

मोबाइलको थेप र लुक राम्रो देखिने बिभिन्न किसिमका लन्चरहरूको प्रयोग गरिरहनु भएको छ भने सावधान यो पनि तपाइको मोबाइल सुस्त हुनुको कारण हो । हरक लन्चरहरूमा विभिन्न किसिमका एनिमेसन र स्पेशल इफेक्टहरूको प्रयोग गरिएको हुन्छ ।

यिनीहरूले तपाइको मोबाइलाई उत्कृष्ट लुक त प्रदान गछर्न तर साथसाथै यसका कारण तपाइको फोन तुलनात्मक रूपमा सुस्त बनाउन जिम्मेबार पनि हुने गरेका छन् ।

तपाइले ती अनावश्यक इफेक्ट र एनिमेसनलाई लन्चरको सेटिङ्मा गएर बन्द गर्न सक्नुहुन्छ । साथै लन्चरले प्रदान गर्ने अन्य एप्सहरूलाइपनि आफै बन्द गर्न सकिन्छ जस्ले तपाइको मोबाइलको स्पीड बढाउन सहयोग पुर्याउछ ।

एप्सहरू बन्द गरेर र्याममा धेरै स्पेस फ्री गराउनुहोस :

मोबाइल हिजोआज एउटामात्र कार्यकालागि प्रयोग गरिदैन । तपाइ मोबाइलमा एकैपटक धेरै भन्दा धेरै एप्सहरू प्रयोग गर्नुचाहनुहुन्छ । यो मात्र होइन मल्टीटाक्सिङ् आजको आवश्यकता नै भइसकेको छ । तपाइले धेरै भन्दा धेरै एप्स चलाउँदा त्यसले तपाइको मोबाइलको पर्फरमेन्समा ह्रास ल्याइरहेको हुन्छ ।

ब्याग्राउन्डमा चल्ने एप्सका कारण तपाइको मोबाइलको र्याममा भएको स्पेस ओघटिरहेको हुन्छ र थोरै मात्र र्याममा स्पेस बच्ने भएकाले त्यसले मोबाइललाई सुस्त बनाउन सक्छ । तसर्थ ब्याग्राउन्डमा चलिरहेका अनावश्य एप्सहरूलाई बन्द गरेर र्याममा धेरै स्पेस फ्री गराउन सकिन्छ  जसका कारण मोबाइलको स्पीडमा बृद्धि गराउन सकिन्छ ।

र्यामलाई फ्री गराउनकालागि चलीरहेको एप्सहरूको लिस्ट हेरेर क्लोज अला एप्स अपसनमा क्लीक गर्न सकिन्छ भने र्यामलाई सेलेक्ट गरेर यार्मको मेरोरी समेत फ्री गर्न सकिनेछ । यो प्रक्रिया मोबाइलपिछे फरक हुने गर्दछ ।

मोबाइललाई रिस्टार्ट गर्नुहोस :

फोन स्लो र ह्याङग भएका बेला त्यसलाई छिटो बनाउनका लागि मोबाइल रिस्टार्ट गर्नु एउटा सबैभन्दा सजिलो र छिटो उपाय मानिन्छ । त्यसो गर्नाले मोबाइललाई पहिलेकै स्पीडमा चलाउन सकिन्छ ।

रिस्टार्ट गरे पश्चात त्यस फोनको केस cache क्लीयर गर्ने , अनावश्यक एप्सहरूलाई चल्नबाट रोक्नाले मोबाइललाई छिटो बनाउन सकिन्छ ।

मोबाइल रिस्टार्ट गर्नकालागि पावर बटनलाई केहिबेर सम्म थिच्ने र रिस्र्टाट अपसनमा क्लिक गरेर गर्न सकिन्छ । यसका अलावा मोबाइलमा कुन एपले अत्याधिक ब्याट्र खपत गरिरहेका छन् त्यो जान्नका लागि सेटिङभित्रको ब्याट्री अपस्नमा क्लिक गरेर थाहा पाउन सकिन्छ । साथै र्यामको प्रयोगको बारेमा पनि सेटिङभित्रको एप म्यानेजरबाट थाहापाउन सकिन्छ  यो फिचर भने मोबाइलपिछे फरक पर्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानी सैनिकको कारबाहीमा दश संदिग्ध अतिवादी मारिए
२०८१ वैशाख २४, सोमबार
निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतले खेलेको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल
२०८१ वैशाख २४, सोमबार
एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ : मन्त्री भण्डारी
२०८१ वैशाख २४, सोमबार
माधव नेपालले बोलाए संसदीय दलको बैठक
२०८१ वैशाख २४, सोमबार
प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै सभामुख
२०८१ वैशाख २४, सोमबार
२५ लाख रुपैयाँभन्दा बढीको अवैध भारतीय सामान बरामद
२०८१ वैशाख २४, सोमबार
आजको मौसम : तीन वटा प्रदेशमा चट्याङ्ग सहित पानी पर्ने
२०८१ वैशाख २४, सोमबार