असार २८, २०८२ शनिबार July 12, 2025

फुटबल स्टेडियममा भागदौड मच्चिँदा १२७ जनाको मृत्यु, १८० घाईते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इन्डोनेसियाको एक फुटबल खेलमा भागदौड मच्चिँदा कम्तीमा १२७ जनाको मृत्यु भएको छ।

अधिकारीहरुले दिएको जानकारीअनुसार प्रहरीले समर्थकमाथि अश्रुग्यास प्रहार गरेपछि भागदौड मच्चिएको हो। यो घटनामा परी थप १८० मानिस घाइते भएका छन्।

शनिबार पूर्वी जाभास्थित फुटबल स्टेडियममा भएको खेलमा पेर्सेबाया सुराबायासँग अरेमा फुटबल क्लब पराजित भएसँगै समर्थकहरुबीच झडप भएको थियो।

उक्त झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले समर्थकमाथि अश्रुग्यास प्रहार गरेको थियो। त्यसपछि मच्चिएको भागदौडमा परी कम्तीमा १२७ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।

सार्वजनिक भएको भिडियोमा खेल सकिनुभन्दा अगाडि नै मानिसहरु मैदानतर्फ दौडिरहेको देख्न सकिन्छ । मृत्यु हुनेमा दुईजना प्रहरी अधिकारी पनि रहेका छन्।

इन्डोनेसियाली फुटबल संघले घटनाबारे छानबिन हुने बताएको छ। यससँगै इन्डोनेसियाको शीर्ष लिग बीआरआई लिग वान एक साताको लागि स्थगित भएको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाढीको त्रास : लठ्ठागौरीका बासिन्दा त्रिपाल टाँगेर बस्न बाध्य
२०८२ असार २८, शनिबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ असार २८, शनिबार
बैतडीमा जीप दुर्घटना, चालकसहित ८ जना घाइते, ३ को अवस्था गम्भीर
२०८२ असार २८, शनिबार
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको नयाँ विनिमय दर निर्धारण, अधिकांश मुद्रामा हल्का वृद्धि
२०८२ असार २८, शनिबार
बर्सातका कारण सुनसान बने ‘होमस्टे’
२०८२ असार २८, शनिबार
आजको मौसम : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
२०८२ असार २८, शनिबार
सुशासन, द्रुत आर्थिक विकास र दिगो शान्तिका क्षेत्रमा रुवाण्डा उदाहरणीय : सभामुख घिमिरे
२०८२ असार २८, शनिबार