मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

इङलिस प्रिमियर लिग : युनाइटेडमाथि सिटीको सानदार जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एर्लिङ  हाल्यान्ड र फिल फोडिनको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले आइतबार इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई ६-३ ले हराएको छ । जितसंगै सिटीले शीर्षस्थानको आर्सनलसंग दूरी घटाएको छ ।

खेलको आठौ मिनेटमा फिल फोडिनको गोलमा सिटीले अग्रता लिएको थियो ।  ३४औं मिनेटमा हाल्यान्डको गोलमा सिटीले अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि हाल्यान्डले सिटीका लागि तेस्रो गोल गरेका थिए  । पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा हाल्यान्डको पासमा फोडिनले व्यत्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ४–० मा पुर्याएका थिए ।

५६औं मिनेटमा एन्टोनी सान्तोसले गरेको गोलमा युनाइटेडले गोलअन्तर ४-१ मा झारे ।  ६४औं मिनेटमा हाल्यान्डले ह्याट्रिक पूरा गर्दै सिटीको अग्रता ५-१ मा पुर्याएका थिए ।  ७३औं मिनेटमा फोडिनको ह्याट्रिक गरे । ८४औं मिनेटमा एन्थानी मार्सियालले युनाइटेडका  लागि दोस्रो गोल गरेका थिए । इन्जुरी समयको पहिलो मिनेटमा मार्सियालले पेनाल्टीमा गोल गर्दै खेल ६३ को स्थितीमा पुर्याएका थिए ।

सिटी आठ खेलमा २० अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको आर्सनल भन्दा एक अंक कम हो । युनाइटेड भने सात खेलमा १२ अंकसहित छैटौं स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार