श्रावण ६, २०८२ मंगलबार July 22, 2025

डेटिङ एपका स्क्रिनसट इन्टरनेटमा किन शेयर गर्नुहुन्न ? कारण जान्नुहोस् ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इन्टरनेटको प्रयोग जति बढ्दै गइरहेको छ त्यति नै गोपनीयताको समस्या पनि बढ्दैछ र यो कुनै नौलो कुरा भने होइन । इन्टरनेटमा हरेक दिनजसो नयाँ नयाँ गोपनीयताका समस्याहरू देखा परिरहेका हुन्छन् । पछिल्लो समयमा नेपालमा पनि डेटिङ एपहरुको प्रयोग बढ्दै गइरहेको छ ।

डेटिङ एप प्रयोग गर्न धेरै व्यक्तिगत जानकारीहरू आवश्यक हुन्छ । कसैले टिन्डर, बिहे नेपाल, बम्बल लगायतका डेटिङ एपहरूमा आफ्नो प्रोफाइल बनाउँदा त्यहाँ अन्य प्रयोगकर्ताहरूलाई भेट्न सजिलो बनाउन पर्याप्त व्यक्तिगत जानकारी उपलब्ध गराउनुपर्ने हुन्छ । जसमा प्रायः तपाईंको नाम, उमेर, स्थान, विद्यालय, रुचिहरू, र तपाईंको तस्वीर समावेश हुन्छ।

मानिसहरूले एपमा आफ्नो जानकारीहरू शेयर गर्दा सो एपमा रहेका प्रयोगकर्ताहरू विशेषगरी आफूले सीमित गरेका प्रयोगकर्ताले मात्र देख्ने सोचले विवरण शेयर गर्ने गर्छन् । तर यो पूर्ण सत्य होइन । अहिलेको समयमा इन्टरनेटमा राखिएका सामग्रीहरू सीमित प्रयोगकर्ताको पहुँचमा मात्र रहन्छ भनेर सोच्नु मूर्खता हो । तपाईं आफैले पनि धेरै पटक कसैको प्रोफाइलहरूको स्क्रिनसट लिएर अरूसँग शेयर गर्नुभएको होला ।

यसरी डेटिङ एपको सामग्रीहरू स्क्रिनसट लिएर इन्टरनेटमा शेयर गर्नु घातक हुनसक्छ । तपाईंको सोचाइ गलत नहुन सक्छ तर हरेक इन्टरनेट प्रयोगकर्तालाई विश्वास गर्न सकिदैन । तपाईं एउटा सीमित व्यक्तिहरूको पहुँचमा भएको समूहबाट पूरा विश्वलाई उक्त स्क्रिनसट शेयर गर्नुहुन्छ जुन बिल्कूल अनियन्त्रित हुन्छ ।

उदाहरणको लागि तपाईंले क्षणिक रमाइलोका लागि कोही व्यक्तिको व्यक्तिगत विवरण सहितको प्रोफाइल कुनै सार्वजनिक प्लेटफर्ममा शेयर गर्नुभयो । उक्त प्लेटफर्ममा हजारौं, लाखौं अथवा अर्बको संख्यामा प्रयोगकर्ताहरू हुन्छन् जसको पहुँचमा सो व्यक्तिको व्यक्तिगत विवरण पुग्छ । यो इन्टरनेट हो, र यसमा राम्रो सोच भएका मानिस मात्र हुन्छन भन्ने छैन ।

यो भन्न सकिदैन कि कति प्रयोगकर्ताले सो स्क्रिनसट हेरे वा उक्त पोष्टमा संलग्न भए । कसलाई थाहा छैन कतिले उक्त स्क्रिनसट बारे थप जान्न गुगलमा गए । रेडइट जस्ता प्लेटफर्महरूमा कसैको फोन नम्बर र घरको ठेगाना जस्ता जानकारीको सहितको मेसेजहरूको स्क्रिनसटहरू शेयर गर्न नपाइने नियमहरू छन् ।

तर यो नियमले उमेर र स्थान जस्ता कुराहरूलाई संलग्न गरेको छैन । अर्कोतिर अन्य प्लेटफर्ममा यस्तो स्क्रिनसट शेयर गर्ने कुरा त्यति प्राथमिकतामा परेको छैन । डेटिङ एप स्क्रिनसटहरू शेयर गर्नाले मानिसहरू खतरामा पर्न सक्छन् । त्यो पोष्टमा भएको जानकारी यस प्रयोगकर्तालाई इन्टरनेटमा अन्यत्र हेर्नको लागि प्रशस्त छ ।

सम्भावित रूपमा तिनीहरू कहाँ बस्छन् भनेर पत्ता लगाउन पनि सहज हुनेछ । तपाईंले आफ्नो प्रोफाइलमा कम जानकारी पनि शेयर गर्न सक्नुहुनेछ, तर यसले डेटिङ एपको उद्देश्यलाई पुरा गर्दैन । यसैले पनि जति सक्दो धेरै जानकारीहरू तपाईंले शेयर गर्नुहुन्छ जुन तपाईंकै लागी घातक हुनसक्छ ।

र यदि तपाईं पनि अन्य व्यक्तिहरूको जानकारी इन्टरनेटमा शेयर गर्ने गर्नुहुन्छ भने आजै रोक्नुहोस् । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार