श्रावण ६, २०८२ मंगलबार July 22, 2025

मोबाइलबाटै यसरी बनाउनुहोस् दशैं तथा तिहारको शुभकामना कार्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विजया दशमीसँगै दिपावली चाड नजिकिएको छ । यस्तो हामी सबैलाई एउटा कुराको महसुस पक्कै भएको होला, त्यो हो  पहिले जस्तो दशैंको शुभकामना दिन चिठी वा अन्य पत्र पठाउने प्रचलन करिब हटिसकेको छ । अहिले मानिसहरू सामाजिक सञ्जालमा नै सक्रिय हुने भएकाले शुभकामना आदानप्रदानका लागि यो निकै उपयुक्त माध्यम बनेको छ ।

सामाजिक सञ्जालबाट शुभकामना दिनका लागि पोस्टरको धेरै महत्त्व हुन्छ । के तपाईंलाई थाहा छ रु हामी आफ्नो फोनबाट नै स्तरीय पोस्टर बनाउन सक्छौं । यस्ता पोस्टरहरू विभिन्न चाडपर्वमा आफ्नो सामाजिक सञ्जालमा राखेर शुभकामना दिन उपयुक्त हुन्छन् ।

आज हामी एन्ड्रोइड फोनबाट राम्रा शुभकामना पोस्टर बनाउन सिकाउँछौ । त्यसका लागि केही विशेष प्रक्रियामा ध्यान दिनुपर्छ । माथि देखिएको पोस्टर देख्दा बनाउन जति गाह्रो देखिन्छ वा गाह्रो लाग्न सक्छ, बनाउन थालेपछि सोचेभन्दा सजिलो छ ।

फोनबाटै पोस्टर निर्माण गर्न सघाउने एक एप र त्यसको प्रक्रियाबारे यहाँ चर्चा गरिएको छ । यसका लागि तपाईंले दुईवटा प्रक्रियामा राम्रोसँग काम गर्नुपर्ने हुन्छ ।

१) एप र एपमा फन्ट इन्स्टल

सबैभन्दा पहिले तपाईंले एन्ड्रोइडका लागि यस लिंकमा र आईओएसका लागि यस लिङ्कमा गएर पिक्सेलल्याब एप इन्स्टल गर्नुहोस् ।

यदि तपाईंले निर्माण गर्न लागेको पोष्टरमा अङ्ग्रेजी अक्षर प्रयोग हुन्छन् भने त केही गर्न परेन, एपमा डिफल्ट रूपमा रहेका फन्ट प्रयोग गर्न सक्छौं  । तर, यदि पोष्टरमा नेपाली अक्षर प्रयोग गर्नुपरेको खण्डमा भने तपाईंले तल उल्लेख गरिएको प्रक्रियाबाट फन्ट इन्स्टल गर्न सक्नुहुन्छ ।

प्रक्रियागत रुपमा लामो देखिए पनि यहाँ हामीले विस्तृत जानकारी दिएकाले तपाईंले सहजै बुझ्न सक्नुहुन्छ । यस्ता पोस्टरलाई आकर्षक बनाउन हामीले विभिन्न फन्टहरू प्रयोग गर्नुपर्ने हुन्छ ।

गुगलमा गएर नेपाली फन्ट कलेक्सन जिप फाइल (Nepali Font Collection Zip File) सर्च गरेर फन्ट डाउनलोड गर्नुहोस् । वा यहाँ क्लिक गरेर पनि सोझै फन्ट डाउनलोड गर्न सकिन्छ ।

फन्ट डाउनलोड गरिसकेपछि त्यसलाई आफ्नो स्मार्टफोनमा रहेको फाइल म्यानेजरमा एक्स्ट्रयाक्ट गर्नुपर्ने हुन्छ । एक्स्ट्रयाक्याट गर्नका लागि तपाईंले आफूले डाउनलोड गरेको फन्टको जिप फाइल कुन फोल्डरमा छ भन्ने पत्ता लगाउनुपर्ने हुन्छ ।

प्रायः फोनमा डाउनलोड गरेका सामग्री डाउनलोड फोल्डरमा हुने भएकाले तपाईं त्यहीँ जान सक्नुहुन्छ । आफूले डाउनलोड गरेको जिप फाइलमा ट्याप गर्नुभयो भने एक्स्ट्रयाक्ट गर्ने अप्सन देखाउँछ ।

  1. यसरी फन्ट कुनै फोल्डरमा एक्स्ट्रयाक्ट गर्न सकिन्छ । यो प्रक्रियापछि पिक्सेलल्याबमा सो फन्ट इन्स्टल गर्नुपर्ने हुन्छ ।
  2. पिक्सेलल्यावमा फन्ट इन्स्टल गर्न सबैभन्दा पहिले एप खोल्नुहोस् ।
  3. एप खोलिसकेपछि त्यहाँ न्यु टेक्स्ट (New Text) लेखिएको एक अप्सन देखिन्छ । तपाईंले त्यसमा क्लिक गर्नुहोला ।
  4. त्यसपछि तलको ए (A) को आइकनमा क्लिक गर्नुहोस् । त्यसपछि त्यसको माथि थुप्रै अप्सनहरू देखिन्छन् ।
  5. त्यसलाई बायाँ तर्फ सार्दै जानुभयो भने फन्ट भन्ने अप्सन भेट्नुहुनेछ ।
  6. फन्टमा क्लिक  गर्नुभयो भने एउटा नयाँ सेक्सन देखिन्छ । जसमा तपाईंलाई तीन विकल्प दिएको हुन्छ ।
  7. तपाईंले बीचको माई फन्ट (My Font) मा ट्याप गर्नुभयो भने त्यहाँ खाली सेक्सन देखिन्छ । अब हामीले डाउनलोड गरेको फन्ट यही सेक्सनमा इन्स्टल गर्नुपर्ने हुन्छ ।
  8. फन्ट इन्स्टलका लागि साेही सेक्सनको तल सर्च बक्स रहेको छ । सर्च बक्सको छेउमा दुईवटा आइकन छ । त्यसमध्ये तपाईंले अन्तिमको अप्सन छान्नुहोस् ।
  9. यसपछि फाइल म्यानेजरको अप्सन देखिन्छ । त्यहाँ तपाईंले पहिले फन्ट एक्स्ट्रयाक्ट गरेको फोल्डरमा गई फन्ट सेलेक्ट गर्नुहोला । यसरी फन्ट पिक्सेलल्याबमा इन्स्टल गरिसकेपछि पहिलेको माई फन्टको ठाउँमा तपाईंले थुप्रै फन्टहरू देख्न सक्नुहुन्छ ‌।

 २) डिजाइन गर्ने तरिका

फन्ट इन्स्टलको प्रक्रिया सकिएपछि अब पोस्टर डिजाइनको प्रक्रियामा जाऔं । यसमा डिजाइन गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

  1. सबैभन्दा पहिले तपाईंले डिजाइन कुन पर्वका लागि बनाउन लागेको हो, त्यो ख्याल गर्नुहोस् ।
  2. त्यो भन्दा पनि विशेष पर्वमा कुन-कुन कलरलाई प्राथमिकता दिएको छ भन्ने ख्याल गर्नुपर्ने हुन्छ । त्यही अनुसार हामी यहाँ रातो र हरियो रङ्ग‌को प्रयोग गरिरहेका छौं ।
  3. सबैभन्दा पहिले ब्याकग्राउन्ड कलर छान्नुहोस्, त्यसका लागि सो पेजको अन्तिममा अप्सन देख्नुहुनेछ । त्यसमध्ये सकेण्ड लास्ट अप्सन छान्नुहोला । सो अप्सन छानिसके पछि कलर भन्ने अप्सन देखिन्छ । त्यसमा  क्लिक गरेर आफूलाई आवश्यक कलर छान्न सक्नुहुनेछ ।
  4. कलर छानी सकेपछि, तलको तेस्रो अप्सनमा जानुहोस् । त्यसपछि माथि शेप्स (Shapes) भन्ने अप्सन देखिन्छ । त्यसमा ट्याप गर्दा वर्गाकार बक्स देखिन्छ । अब तपाईंले त्यही बक्सलाई आफ्नो आवश्यकता अनुसार साइज र कलर मिलाउन सक्नुहुन्छ ।
  5. त्यसरी हामीले बनाएको पोस्टर जस्तै विभिन्न कलरका बक्स बनाउनुहोस् ।
  6. यो प्रक्रिया सकिएपछि तपाईंले अन्य दुईवटा कुरामा ध्यान दिनुपर्छ । यदी तपाईं आफ्नो फोटो राख्न चाहनुहुन्छ भने फोटो र जमरा, टिकाको फोटो । यी सबै पहिले नै डाउनलोड गरेर राख्नुपर्ने हुन्छ ।

फोटोको ब्याकग्राउन्ड भएको खण्डमा हटाउनका लागि तपाईंले कुनै एक ब्याकग्राउन्ड रिमुभर साइट प्रयोग गर्न सकिन्छ, जस्तै रिमुभ डट बिजी । यसरी फोटोमा देखाए जस्तो पोस्टर तपाईंले आफ्नो फोनको एपबाट केही समयमा नै बनाउन सक्नुहुन्छ ।

यस पोस्टरमा प्रयोग भएका विभिन्न तत्व (जमराको फोटो, बीचमा रहेको लाइन, त्यस्तै तल भएको मन्दिरको फोटो) सबै पीएनजी फर्म्याटमा डाउनलोड गर्न सकिन्छ । यदि ब्याकग्राउन्ड हटाउन पर्‍यो भने पनि हामीले ब्याकग्राउन्ड हटाउने तरिकाको बारेमा जानकारी दिइसकेका छौं । पोस्टरमा के कुराले आकर्षक देखिन्छ भन्ने विषय तपाईंको छनौटमा निर्भर रहन्छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार