श्रावण १, २०८२ बिहिबार July 17, 2025

युरोपेली च्याम्पियन्स लिग : रियल र सिटीको लगातार जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रियल म्याड्रिडले बुधबार साख्तर डोनेस्कमाथि २-१ को जित हासिल गरेको छ । यो जितसँगै युरोपेली च्याम्पियन्स लिगमा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले तीन खेलमा शत प्रतिशत जित निकालेको छ । रियलका लागि रोड्रिगो र भिनियस जुनियरले एक-एक गोल गरेका  थिए ।

यो नतिजापछि रियल नौ अंकसहित समूह ‘एफ’ को शीर्ष स्थानमा छ । साख्तर चार अंकसहित दोस्रो स्थानमा छ । समूहकै अर्को खेलमा आरबी लाइपगिजले सेल्टिकलाई ३-१ गोलान्तरले पराजित गर्‍यो ।

इर्लिङ हाल्यान्डले आफ्नो उच्च लय कायम राख्दै दुई गोल गरेपछि म्यानचेस्टर सिटीले समूह ‘जी’ मा एफसी कोपेनहेगमलाई ५–० गोलान्तरले हराउँदै लगातार तेस्रो जित हात पार्‍यो । हाल्यान्डले सिटीका लागि १२ खेलमा १९ गोल गरिसकेका छन् ।

सिटी समूहको शीर्ष स्थानमा छ भने उसलाई बोरुसिया डर्टमुन्डले पछ्याइरहेको छ । डर्टमुन्डले अर्को खेलमा सेभियालाई ४-१ ले पराजित गरेको छ ।

यस्तै समूह ‘ई’ मा आरबी साल्सबर्गले डायनामो जागरेभलाई १–० र चेल्सीले एसी मिलानलाई ३-० ले हरायो । समूह ‘एच’ मा बेनफिकाले पेरिस सेन्ट जर्मेनलाई १–१ को बराबरीमा रोक्यो भने युभेन्ट्सले मकाबी हाइफालाई ३–१ गोलान्तरले जितेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार