असार २८, २०८२ शनिबार July 12, 2025

क्रिमियाली पुलमा विस्फोट हुँदा तीन जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः क्रिमियाली पुलमा शनिबार बिहान भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको रूसी अनुसन्धान समितिले जनाएको छ । ​बिस्फोटपछि क्रिमियाली पुलको रेल र सडक दुवै भागमा यातायात स्थगित गरिएको छ । बिस्फोटका कारण केर्च स्ट्रेटमा यात्रा गर्ने क्रममा मालवाहक रेलमा आगो लागेको थियो ।

“तमान प्रायद्वीपबाट आउँदै गरेको एउटा विस्फोटक पदार्थ राखिएको ट्रकमा आइतबार बिहान ६ः०७ बजे क्रिमियाली पुलको सडक भागमा विस्फोट भएको थियो । बिस्फोटका कारण क्रिमियाली प्रायद्वीपतर्फ जाँदै गरेको रेलको इन्धनको सातवटा ट्याङ्कीमा आगो लागेको थियो । “बिष्फोटका कारण पुलको दुई भाग आंशिक रूपमा भत्किएको छ,” रूसको राष्ट्रिय आतंकवाद विरोधी समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनाको कारण पत्ता लगाउन र यसको परिणामलाई छिटो सम्बोधन गर्न सरकारी अधिकारीको नेतृत्वमा अनुसन्धान समिति गठन गर्न आदेश दिएका छन् ।

रसियाको फेडरल एजेन्सी फर सी एण्ड इनल्याण्ड वाटर ट्रान्सपोर्टका अनुसार केर्च स्ट्रेटपार गर्ने नेभिगेसन मार्गमा कुनै अवरोध आएको छैन । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार