मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

यमनमा सरकार समर्थक सेना र हुथी विद्रोहीबीचको भिडन्तमा दश जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सरकार समर्थक यमनी सेना र हुथी विद्रोहीबीच शुक्रबार बिहान दक्षिणी प्रान्त लाहजमा भएको झडपमा दुबै पक्षबाट दशको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन् ।

हुथी विद्रोही समूहले लाहजमा सरकार समर्थक सेनाद्वारा नियन्त्रित क्षेत्रमा आक्रमण गर्न आफ्ना धेरै लडाकू पठाएका थिए ।

यस क्षेत्रमा धेरै घन्टासम्म झडप भएको स्थानीय सैन्य स्रोतले नाम नछाप्ने सर्तमा भनेका समाचारमा जनाइएको छ । सरकारी सेनाले छ जना हुथी आक्रमणकारीलाई मारेको र आफ्ना चार सैनिकलाई गुमाएका उनले थप जानकारी दिएका थिए ।

जमिनमा सैन्य प्रगति गर्न असफल भएपछि, हुथी अब विद्रोही–नियन्त्रित प्रान्त अल–बायदा नजिकैको याफेया क्षेत्र वरपरका मुख्य साइटबाट पछि हट्न बाध्य भएका स्रोतले जानकारी दिएको छ । सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार