काठमाण्डौंः ब्राउजिङको लागि विश्वमा सबैभन्दा धैरै प्रयोग हुने ब्राउजर हो, क्रोम । सफारी, मोजिला फायरफक्स, ओपेरा, एज लगायतका अन्य धेरै वेब ब्राउजर बजारमा छन् र यी ब्राउजरको सेक्युरिटी लेभल पनि फरक फरक छ ।
तर विश्वमा धेरैले प्रयोग गर्ने गूगलको ब्राउजर क्रोम नै जोखिमपूर्ण देखिएको छ । एटलस भीपीएनको प्रतिवेदन अनुसार सुरक्षाको हिसाबले गूगल क्रोम अन्य ब्राउजरभन्दा कमजोर देखिएको छ ।
जनवरी १ देखि अक्टोबर ५ सम्म १० महिनाको डेटालाई अध्ययन गर्दा गूगल क्रोममा ३०३ भलनेरबिलिटी (कमजोरी) देखिएका छन् । त्यस्तै गूगल क्रोमले अहिलेसम्म ३ हजार १५९ कमजोरीको सामना गरेको छ ।
उक्त अध्ययन अनुसार सन् २०२२ को सबैभन्दा कमजोर दोस्रो ब्राउजरमा मोजिला फायरफक्स, तेस्रोमा माइक्रोसफ्ट एज रहेका छन् । उक्त अवधिमा मोजिलामा ११७ र एजमा १०३ कमजोरी देखिएका छन् । माइक्रोसफ्ट एजमा सार्वजनिक भएदेखि ८०६ कमजोरी देखिएका छन् ।
त्यस्तै सन् २०२२ मा एप्पलको सफारी ब्राउजरमा २६ मात्रै कमजोरी देखिएका छन् । तर सफारीले अहिलेसम्म १ हजार १३९ कमजोरी सामना गरिसकेको छ ।
सफारी विश्वको सबैभन्दा ठूलो धेरै प्रयोग गरिने ब्राउजर हो । केही समय अगाडि मात्रै सफारी १ अर्बभन्दा बढीले प्रयोग गर्न थालेका थिए । आईसिटी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया