श्रावण १, २०८२ बिहिबार July 17, 2025

राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक ट्रफी, पोखराबाट सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छेकोमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफि तयार गरिएको छ । उक्त ट्रफी पोखराबाट सार्वजनिक भएको छ ।

विभिन्न प्रदेश घुमाएर ट्रफी आइतबार साँझ पोखरा ल्याइएको हो । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको ट्रफी गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सार्वजनिक गरेका छन् ।

अब उक्त ट्रफी पोखराका विभिन्न सार्वजनिक ठाउँहरुमा राखेर प्रदर्शन गरिनेछ । खेलाडी, प्रशिक्षक, व्यवस्थापक, खेल पदाधिकारीहरु, विभिन्न पाहुना तथा सर्वासाधारणका लागि ट्रफी प्रदर्शन गरिएको हो । ट्रफीसहित खेल पदाधिकारी, विशिष्ट पाहुनाहरु सहित सवारीसाधनबाट नगर परिक्रमा गराइने कार्यक्रम छ ।

पोखराको अमरसिंहचोक, रानीपौवा, महेन्द्रपुल, नदिपुर, पथ्वीनारायण क्याम्पस गेट, गणेश हार्डवयर चोकभित्र बजार हुँदै बगर चोक, बागबजार चोक, जिरो किलोमिटर हुँदै हल्लनचोक र बाहारी चोकमा ट्रफी प्रदर्शन गरिनेछ ।

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफिको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफि बनाइएको राखेपले जनाएको छ । ट्रफीमा ५ केजी चाँदी र दुई तोला सुन छ । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेता ट्रफी आफुसँग राख्न पाउनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार